विशेष

गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसले नर्णय

post-img

काठमाडौं, ७ बैशाख । नेपाली कांग्रेले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ । पार्टीले सर्वोच्च अदालतबाट मुद्दा किनारा नलाग्दासम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलले बैठक बहिष्कार गर्ने जानकारी सभामुखलाई पनि गराइएको छ । जसमा कांग्रेसले सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानूनको बेवास्ता गरिएको भन्दै असंवैधानिक क्रियाकलापप्रति असहमति जनाएको हो ।

सर्वोच्चले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई नियमित कार्य सञ्चालनबाहेक दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660