post

डेढ किलो सुन र नगद सहित सात जना पक्राउ

काठमाडौं, १४ वैशाख । अवैध सुन कारोवार गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डेढ किलो सुन र एक करोड नगद रुपैयाँ सहित सात जनालाई पक्राउ गरेको हो । उनीहरूलाइ काठमाडौंको इन्द्रचोकबाट बिहीबार साँझ पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–३, टाँटेका ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापाको बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारतको महाराष्ट्रका अमोल बिभुते, ऋषिकेशप्रकाश बिभुते र गणेशसतिश बाल्टे रहेका छन् । उनीहरुको साथबाट एक किलोग्राम ७६८ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ । सुनको अवैध कारोबार गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

post

भूमि व्यवस्था विभागका महानिर्देशकलाई कार्यकक्षमै कालोमोसो दलियो

काठमाडौं, १२ बैशाख । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुर प्रसाद खनाललाई उनको कार्यकक्षमै कालोमोसो दलिएको छ। मोहन वैद्य निकट क्रान्तिकारी युवा संघ नेपालका कार्यकर्ताले उनलाई बुधबार दिउँसो मोसो दलेका हुन् । युवाहरुको एक समूहले बबरमहलस्थित खनालको कार्यकक्षमा प्रवेश गरी ‘केही काम नगर्ने र सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन मिलेमतो गर्ने’ भन्दै मोसो दलेका थिए । कालोमोसो दल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटारी–६ उदयपुर घर भई काठमाडौंको लाजिम्पाट बस्ने भीमबहादुर सार्की र प्युठान घर भई कुपन्डोल बस्ने किशोर कुँवर रहेको प्रहरीले जनाएको छ ।

post

कतारी राजाको स्वागत गर्न राष्ट्रपति पौडेल विमानस्थल जाने

  काठमाडौं, १० वैशाख । कतारी अमिर (राजा) अमिर शेख तमिम बिन हमाद अल थानी भोलि मंगलबार नेपाल भ्रमणका लागि आउने भएका छन् । उनलाई स्वागत गर्न नेपालका राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । अमिर शेख मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको भ्रमणको नेपाली पक्षबाट लगभग सबै तयारी पूरा भइसकेको छ । नेपालमा रहँदा अमिर शेखले राष्ट्रपति पौडेलसँग भेटवार्ता पनि गर्नेछन् भने राष्ट्रपति पौडेलले कतारका अमिर शेखको सम्मानमा राजकीय भोजको समेत आयोजना गरेका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी बुधबार स्वदेश फर्किनेछन् ।  

post

सहकारी ठगी आरोपी दीपेशसहित ६ जना रिहा

काठमाडौं । सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित ६ जना रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले पुनसहित अन्य छ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश डा. श्रीप्रसाद उप्रेतीको इजलासले सहकारी आरोपीहरु ६ जनालाई रिहा गर्न आदेश दिएको हो । त्यस्तै अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेशमा भनिएको छ । दीपेशसँग चार लाख, नविन अछामीसँग १० लाख, लिला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग चार लाख ४५ हजार, निता थापा मगरसँग दुई लाख र रोशनी गुरुङसँग दुई लाख धरौटीको माग गरिएको अदालतले जनाएको छ । सुप्रिम सहकारी ठगीमा जोडिएका पुन थिए ।  

post

बालाजु बाइसधारामा बैशाख ११ गतेदेखि पाँच दिन मेला लाग्ने

काठमाडौँ, ५ बैशाख । काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । वैशाख शुक्ल पूर्णिमादेखि पाँच दिनसम्म लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यसअघि बालाजु उद्यान कार्यालयले मेलाको व्यवस्थापन गर्दै आएको भएपनि यस वर्षबाट मेलालाई अझ भव्य र सभ्य बनाउने उद्देश्यले मेला व्यवस्थापन समिति नै गठन गरिएको कार्यक्रमका संयोजक प्रकाश बलामीले जानकारी दिए । विगतका दिनहरुमा उद्यान कार्यांलयले मेला व्यवस्थापनको जिम्मा लिँदा कर्तव्य पूरा गर्ने काम मात्रै भएको र आफूहरु स्वयम् सेवक बनि ती कुराहरुलाई नजिकबाट नियाल्ने मौका पाएको भन्दै यस वर्षबाट विगतका कमीकमजोरीहरुलाई हुन नदिने गरी काम अगाडि बढाइएको बताए । मेला व्यवस्थापन समितिका संयोगक गौतम प्रजापतिले मेलालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि व्यवस्थापन समितिले काम गरिरहेको बताए । काठमाडांै उपत्यकाको उत्तर –पश्चिमको सबैभन्दा ठूलो यस मेलालाई गत वर्षभन्दा भव्य रुपमा सम्पन्न गर्नका लागि सबै...

post

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं, ५ बैशाख । अखिल नेपाल फूटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामालाई पक्राउ परेका छन् । एन्फाको उपाध्यक्ष भए पनि फरार सूचीमा रहेका थिए । उनलाई पुनारो मुद्दामा पक्राउ गरिएको एसएसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए । लामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । ब्राउन सुगर मुद्दामा अदालतबाट दोषी ठहर भएर पनि उनी पक्राउ पर्न सकेका थिएनन् । यहीबीचमा उनी एन्फा उपाध्यक्ष बनेका थिए । लामालाई ५ वर्ष कैद सजाय भएकामा करिब ४ वर्ष भुक्तान हुन बाँकी थियो। गएको एन्फा निर्वाचनमा उनी उपाध्यक्ष निर्वाचित भएका थिए। त्यसअघि उनी केन्द्रीय सदस्य थिए । बी डिभिजन क्लब प्लानिङ ब्वाइजबाट उनी एन्फामा छिरेका थिए ।  

post

लाेसपाले मधेस सरकार छाड्याे

काठमाडौं, ४ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मधेश सरकारबाट बाहिरिएको छ । लोसपाका तर्फबाट वन तथा वातावरण मन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएसँगै लोसपाले सरकार छाडेको हो । मधेश प्रदेशमा लोसपाका ९ सांसद छन् । लोसपा सरकार छाडेपनि मधेशमा सत्ता गठबन्धनको बहुमत छ ।  

post

निर्वाचनको कसौटीमा पहिचानको प्रश्न

गएको फागुन १७ गते प्रस्तावित प्रदेश नं १ को प्रदेशसभाले कोशी नामाकरणमा मोहर लगाएपछि आन्दोलनरत पहिचान पक्षधरहरूको संयुक्त संघर्ष समिति यतिखेर इलाम क्षेत्र नं २ को उपचुनावमा हेलिएको छ । नेपाल आदिवासी जनजाति महासंघसम्बद्ध किराँती याक्थुङ चुम्लुङ, किराँती राई यायोक्खासहित पहिचान पक्षधर राजनैतिक संगठन, मोर्चासहीत तीन दर्जन बढी संस्थाले डकेन्द्र सिं थेगिम लिम्बूको उम्मेदवारी अनुमोदन पनि गरिसकेका छन् । स्वतन्त्रको हैसियतमा उम्मेदवारी दर्ता गराएका थेगिमको जनअनुमोदन कस्तो हुनेछ हेर्ने, पर्खने दिन पनि टाढा छैन । उपचुनावलाई आवाधिक मिनी जनमतको रुपमा पनि हेरिने गरिन्छ । आगामी वैशाख १५ गते हुने उप–निर्वाचनको परिणामसँगै पहिचानको प्रश्न निर्वाचनको कसौटीमा खारिने पक्कापक्की छ । तर, निर्वाचनका प्राविधिक पक्षले पार्ने जस्तोसुकै परिणामले पनि प्रदेश एकको आगामी राजनैतिक कार्यदिशालाई भने जबर्जस्त प्रभाव पार्ने आँकलन यहिँबाट गर्न सकिन्छ । पहिचान पक्षधरको माग मुद्दा राजनैतिक छ र यसको पक्षमा सामुदायिक सहमतिको अंश ठूलो छ । यो आलेखमा यति मात्र चर्चा हुने छैन पहिचानको बहु–आयमिक प्रश्नको बारेमा पनि लेखाजोखा गरिनेछ...

post

अबका सडकमा सुरुङमार्ग, अण्डरपास र फ्लाइओभर हुन्छन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सडक पूर्वाधारको निर्माण तथा बिस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङ मार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन् । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्वपूर्ण उपलब्धि भएको बताए । ‘सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता बिस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाङ्ख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने । सुरूङ निर्माणपश्चात् सुरूङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले ट्राफिक र सडक सुरक्षामा सुधार गरी सङ्घीय राजधानी काठमाडौँ र देशका अन्य प्रमुख सहरबीचको सहज यातायात सञ्जालमा योगदान पुर्‍याउने बताए । ‘यस सुरूङमार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरूङसम्बन्धी दस्तावेज निर्माण हुनेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले नेपाललाई सुरूङ युगमा...

post

नेप्से परिसूचकमा १६ अङ्कको गिरावट

काठमाडौँ, ३ बैशाख । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ । सोमबार नेप्से परिसूचक १६ दशमलव ८२ अङ्कले घटेर २ हजार ६ दशमलव ५२ विन्दुमा रोकिएको हो । आज तीन सय १४ कम्पनीका ७२ लाख २३ हजार सात सय ७३ कित्ता शेयर ५० हजार पाँच सय २४ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार चार सय ३२ बराबरको कारोबार भएको छ। सबैभन्दा धेरै वित्त समूह एक दशमलव ६४, उत्पादन तथा प्रशोधन एक दशमलव ५९ र होटल तथा पर्यटन समूह एक दशमलव १५ प्रतिशतले घटेको छ। सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी लिमिटेडको रु १७ करोड ७३ लाख ६८ हजार दुई सय ९५ बराबरको पाँच लाख २७ हजार नौ सय २६ कित्ता शेयर किनबेच भएको छ। सबैभन्दा धेरै घट्नेमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने माछापुच्छ्रे डिभेञ्चर २०८७ को शेयर मूल्य...

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660