मुख्य पोस्ट

बालगृहमा निरन्तर सहयोग गर्ने नगरप्रमुख वाइवाको घोषणा

post-img

असोज १३, काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुरमा असहाय बालबालिकाहरुको संरक्षण गर्ने उद्देश्यसहित सञ्चालित सेवक नेपालको नवौं वार्षिक साधारणसभा, पाँचौं अधिवेशन तथा दोस्रो सामाजिक लेखापरीक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । राजधानी काठमाडौंमा सम्पन्न उक्त साधारणसभामा प्रमुख अतिथिका रुपमा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा अतिथिका रुपमा राष्ट्रिय बालअधिकार परिषदका प्रतिनिधि लोचन रेग्मी, मण्डनदेउपुर वडा नं. ३ का वडा अध्यक्ष पुरुषोत्तम बजगाई, मण्डनदेउपुर नगरपालिका बालबालिका शाखा प्रमुख सपना वली, गौतम चौलागाईं एकता समाजका अध्यक्ष पुन्यप्रसाद गौतम, सामाजिक लेखापरीक्षेक सुनिल लामा, लायन्स क्लव डिस्ट्रिकका भाईस गभर्नर विधान जोशी, लायन्स क्लब आकर्षणका अध्यक्ष शिबहरी ढकाल, निम्न ब्यापारी संघ नेपालका अध्यक्ष लक्ष्मी वली, सेवक नेपालका जेष्ठ अभियान्ता खिलबहादुर खड्का सस्थापक अध्यक्ष पूर्णबहादुर खड्का, पूर्व अध्यक्ष शिवप्रसाद भट्ट, सस्थापक कोषाध्यक्ष जनार्दन तिमल्सिनालगायत रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित वाइवाले साधारणसभाको उद्घाटन गर्दै आफ्नो कार्यकालभरि सेवक नेपाललाई निरन्तर सहयोग गर्ने र नगरपालिकामा आउने भावी नेतृत्वले पनि सेवक नेपाललाई निरन्तर सहयोग गर्ने वातावरण आफूले बनाईदिने प्रतिवद्धता गर्नुभयो ।सो अवसरमा नगरप्रमुख वाइवाले सेवक नेपाल बालगृसम्म जानेतर्फको बाटो ढलानको लागि रु. १० लाख बजेट बजेट छुट्याएको बजेटबाट बाटो ढलानमा अपुग हुनसक्ने भएकोले ५ लाख रुपैयाँ बजेट थप गरिदिने प्रतिवद्धता जाहेर गर्नुभयो । त्यसैगरी उहाँले सेवक नेपाललाई निरन्तर रुपमा बार्षिक ५ लाख रुपैयाँ छुट्याउने प्रतिवद्धता जाहेर गर्दै यसै वर्ष बालबालिकाहरुलाई नुहाउन चिसोतातो पानीको व्यवस्था गर्नेगरी बालगृहमा सोलार जडान गरिदिने बताउँदै बालगृहको कम्पाउन्ड वाल लगाउन थप सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो । कार्यक्रममा अन्य अतिथिहरुले पनि बालगृहमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

साधारणसभाले पुनः यज्ञप्रसाद चौलागाईको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा काशीनाथ रिमाल, महासचिवमा केशव सापकोटा, सचिवमा श्रीराम क्षेत्री, कोषाध्यक्षमा तीर्थकुमारी राई (धर्ती कल्पना), सह–कोषाध्यक्ष बुद्धिबहादुर शिवभक्ति र सदस्यहरुमा देवलाल तिमल्सिना, राजकुमार गौतम, नवराज तिवारी, तोयानाथ चौलागाईं, अस्मिता तिमल्सिना र लेखा समितिको संंयोजकमा जनार्दन तिमल्सिना र सदस्यहरुमा नेत्रनारायण पौडेल र हरिशरण न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660