post

शङ्खमूलमा आगलागी, ५ पसलमा क्षति

काठमाडौं, १६ वैशाख । काठमाडौंको शङ्खमूलमा आगलागी भएको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसलसहित पाँच पसल जलेर नष्ट भएका छन् । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । तर आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आएको छैन । ललितपुर महानगरपालिकाका दुई वटा दमकल, काठमाडौंको जुद्ध बारुण यन्त्रले आगो निभाउने क्रम जारीरहेको प्रहरीले जनाएको छ ।

post

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बिमा रकम हस्तान्तरण

काठमाडौं, १४ बैशाख । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाखको दुर्घटना बिमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटनामा मृत्यु भएपछि बीमा बापतको सो रकम हस्तान्तरण गरिएको हो । बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक मुना पौडेलले संयुक्त रुपमा बिमा रकम हस्तान्तरण गरेका छन् । मृतक पिठाकोटीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा सुपर सेभिङ्ग खाता खोलेका थिए । बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, १० हजारसम्मको ओ।पि।डि। भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरुमा छुट प्रदान गर्दै आइरहेको छ ।

post

झापामा सवारी दुर्घटनामा तीनको मृत्यु

झापा, १२ बैशाख । झापाको शिवसताक्षी नगरपालिका–८, झिलझिलेमा बुधबार भएको सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। आज विहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दमकबाट सुरुंगातर्फ जाँदै गरेको मे३प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आईरहेको प्र१–०१–००१च ९३२९ नम्बरको जीप आपसमा ठोक्किंदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जीप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

post

गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसले नर्णय

काठमाडौं, ७ बैशाख । नेपाली कांग्रेले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ । पार्टीले सर्वोच्च अदालतबाट मुद्दा किनारा नलाग्दासम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेस संसदीय दलले बैठक बहिष्कार गर्ने जानकारी सभामुखलाई पनि गराइएको छ । जसमा कांग्रेसले सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानूनको बेवास्ता गरिएको भन्दै असंवैधानिक क्रियाकलापप्रति असहमति जनाएको हो । सर्वोच्चले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई नियमित कार्य सञ्चालनबाहेक दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।  

post

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं, ५ बैशाख । अखिल नेपाल फूटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामालाई पक्राउ परेका छन् । एन्फाको उपाध्यक्ष भए पनि फरार सूचीमा रहेका थिए । उनलाई पुनारो मुद्दामा पक्राउ गरिएको एसएसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए । लामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । ब्राउन सुगर मुद्दामा अदालतबाट दोषी ठहर भएर पनि उनी पक्राउ पर्न सकेका थिएनन् । यहीबीचमा उनी एन्फा उपाध्यक्ष बनेका थिए । लामालाई ५ वर्ष कैद सजाय भएकामा करिब ४ वर्ष भुक्तान हुन बाँकी थियो। गएको एन्फा निर्वाचनमा उनी उपाध्यक्ष निर्वाचित भएका थिए। त्यसअघि उनी केन्द्रीय सदस्य थिए । बी डिभिजन क्लब प्लानिङ ब्वाइजबाट उनी एन्फामा छिरेका थिए ।  

post

नेप्से परिसूचकमा १६ अङ्कको गिरावट

काठमाडौँ, ३ बैशाख । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ । सोमबार नेप्से परिसूचक १६ दशमलव ८२ अङ्कले घटेर २ हजार ६ दशमलव ५२ विन्दुमा रोकिएको हो । आज तीन सय १४ कम्पनीका ७२ लाख २३ हजार सात सय ७३ कित्ता शेयर ५० हजार पाँच सय २४ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार चार सय ३२ बराबरको कारोबार भएको छ। सबैभन्दा धेरै वित्त समूह एक दशमलव ६४, उत्पादन तथा प्रशोधन एक दशमलव ५९ र होटल तथा पर्यटन समूह एक दशमलव १५ प्रतिशतले घटेको छ। सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी लिमिटेडको रु १७ करोड ७३ लाख ६८ हजार दुई सय ९५ बराबरको पाँच लाख २७ हजार नौ सय २६ कित्ता शेयर किनबेच भएको छ। सबैभन्दा धेरै घट्नेमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने माछापुच्छ्रे डिभेञ्चर २०८७ को शेयर मूल्य...

post

एसीसी प्रिमियर कप : हङकङलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौं, ३ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत सोमबार भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ। यो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा पूरा गरेको छ । हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको थियो । नेपालका लागि ओपनर ब्याट्सम्यान आशिफ शेखले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४० रन बनाए । यस्तै कुशल भुर्तेलले १९ बल खेल्दै ३२ रनको योगदान दिए। कुशलले ३ चौका र २ छक्का हाने । नेपालका कप्तान रोहित पौडेलले अविजित २५ रन बनाउँदा सन्दीप जोराले १९ रनको योगदान दिए । नेपालका लागि अविनाश बोहराले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर ३ विकेट लिए। उनले हङकङका याशिम मुर्तजा, जिशन अली र नशरुल्लाह रानालाई आउट गरे । यस्तै स्पिनर ललित राजवंशीले २ विकेट लिए । त्यस्तै नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।...

post

पहिरोमा पुरिएर १५ जनाको मृत्यु, दुई बेपत्ता

एजेन्सी, २ बैशाख । मध्य इन्डोनेसियामा पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् । शनिबार साँझ दक्षिणी सुलावेसी प्रान्तको ताना तोराजामा पहिरोमा परी मृत्यु भएका र दुई जना बाँचेको समेत उद्धार गरिएको स्थानीय प्रकोप एजेन्सीका प्रमुख सुलेमान मैलाले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । ताना तोराजा र यसका वरपरका क्षेत्रहरूमा विशेष गरी गत सातादेखि लगातार भीषण वर्षा भइरहेको र वर्षा नरोकिएको मैलाले बताए । भीषण वर्षाका कारण पहाडी भेगमा रहेका आवासीय क्षेत्रका माटो नष्ट हुँदा पहिरो गएको र बासिन्दाहरू घरमै पुरिएको उनको भनाइ थियो । राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले एउटा लिखित विज्ञप्तिमा पहिरोले दुई गाउँलाई प्रभावित बनाउँदा चार घर पहिरोमा पुरिएको बताएको छ ।  

post

सट्टेवाजी खेलाउने तीन जना पक्राउ

काठमाडौं, २ बैशाख । वानएक्स बेटिङ एपमार्फत सट्टेबाजी खेलाएर साढे ५७ करोड रुपैयाँ कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ९ का ३१ वर्षीय सञ्जयकुमार साह, सोही ठाउँका १९ वर्षीय रामजी साह र मलंगवा १० का ३० वर्षीय राकेश चौधरी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले हालसम्म ५७ करोड ४१ लाख ५७ हजार १४७ कारोबार गरेको देखिएको छ । उनीको साथबाट २१ वटा मोबाइल बरामद भएको छ । यस्तै, ९८ वटा बैंक खाता खोलेर कनेक्ट आईपीएसमा कनेक्ट गरी कारोबार गरेको देखिएको छ ।

post

बाेडेमा जिब्रो छेड्ने जात्रा मनाइयो

भक्तापुर, २ बैशाख । हरेक वर्ष वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा मनाइएको छ । जात्रा हेर्न अाउने मानिसहरूकाे भीड लागेकाे थियाे । याे वर्ष २८ वर्षीय सुजन वाग श्रेष्ठको जिब्रो छेडेका हुन्रर । जिब्राे छेडेपछि सुजन बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गरेका थिए । एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इञ्च लामो फलामको सुइरोले हजारौ मानिसहरूकै अगाडि २ बजेर ३५ मिनेटमा सुजनको जिब्रो छेडिएको थियो । जिब्रो छेडेपछि सुजनलाई बोडेबासीले जयजयकार गरेका थिए । यसअघि १२ पटक जिब्रो छेडाइसक्नु भएका कर्मीनाय कृष्णचन्द्र वाग श्रेष्ठ, नाय पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठ, यसअघि आठ पटक जिब्रो छेडाउनु भएका जुजुभाई वाग श्रेष्ठ पनि जात्रामा सहभागी थिए । उनीहरूले सुजनकाे हाैसला दिइरहेका थिए । जिब्रो छेडेका सुजनले चन्द्राँकारको भ्वाय् अर्थात महाद्वीप बोकेर हिँडेका सुजनले करिब एक घण्टासम्म बोडेको टोलटोल घुमेर विभिन्न देवी देवताका मन्दिरको परिक्रमा गरे । त्यसपछि जयजयकार गर्दै मन्दिरमा महालक्ष्मीको खट...

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660