post

१३ लाख नेपाली नक्कली नोटसहित ४ जना पक्राउ

जनकपुरधाम, १६ जेठ । नेपाली नक्कली नेपाली नोट बनाउने एक भारतीयसहित चार जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका– ६ का २५ वर्षीय राजन चौधरी, वडा–५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका–१ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा–७ का ४० वर्षीय मोहमद आलम रहेको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । विशेष सूचनाका आधारमा बाराको सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले उनीहरुलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । उनीहरुको साथबाट प्रहरीले १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ । साथै प्रहरीले उनीहरुले प्रयोग गरेको ना ३४ प ३५१२ र बी.आर. ०६ ए.डब्लु २७५८ नम्बरको मोटरसाइकल र एउटा साइकल समेत बरामद गरेको छ । थप अनुसन्धान भइरहेकोप्रहरीले जनाएको छ ।

post

कालिका मा.वि.मा बहुउद्देश्यीय भवन बनाउन सहयोग गर्ने प्रदेश सांसद चौलागाईको प्रतिवद्धता

दोरम्वा÷शैलुङ, रामेछाप । रामेछापको दोरम्वा–शैलुङ गाउँपालिका वडा नं. ६ मा रहेको कालिका माध्यमिक विद्यालयमा बहुउद्देश्यीय भवन बनाउन यसै वर्षको बजेटमार्फत सहयोग गर्ने रामेछापको प्रदेशसभा २ बाट निर्वाचित सांसद युवराज चौलागाईले प्रतिवद्धता जाहेर गर्नुभएको छ । सोही विद्यालयको गत जेठ २ गते आयोजित वार्षिक उत्सव तथा अभिभावक मिलन समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थित चौलागाईले सो प्रतिवद्धता जाहेर गर्नुभएको हो । प्रदेश सांसद चौलागाईको प्रमुख आतित्थ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यशु चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक नोकर्णप्रसाद अधिकारी, शिक्षक माधवप्रसाद गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालयका प्रधानध्यापक यानप्रसाद ढुंगेलले विद्यालयले तयार पारेको कार्यपत्र पढेर सुनाउँदै प्रमुख अतिथि चौलागाईलाई मागपत्रका रुपमा समेत प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विद्यालयले बार्षिक कार्यक्रममा विभिन्न कार्यक्रमहरु गरेको थियो । विद्यालय गरेको कार्यक्रमका गतिविधिहरु बुँदागत रुपमा प्रस्तुत गरिएको छ । १. विज्ञान प्रदर्शनी र उत्कृष्ट प्रदर्शनी गर्ने छात्रछात्राहरूलाई पुरस्कृत, २. ड्रइङ प्रदर्शनी र उत्कृष्ट ड्रइङ गर्ने छात्र छात्रहरूलाई पुरस्कार, ३. भित्तेपत्रिका प्रमुख अतिथिको हातबाट...

post

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

काठमाडौं, २७ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा बिहीबार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कोशी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । लगत्तै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गर्न प्रदेश प्रमुखले बोलाएका थिए । सांसदहरुको सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरेका हुन् । सरकार गठन आह्वानका विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुगेका छन् । कोशी प्रदेश सभा ९३ सदस्यीय रहेको छ। जहाँ बहुमतका लागि ४७ मत आवश्यक पर्छ । तर ५२ सांसदको समर्थन भएपछि प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  

post

जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम, २७ बैशाख । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर–उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले दायर गरेको मुद्दामा मेयर सुरेश साह, उपमेयर रौशन खातुनसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साथै उपभोक्ता समितिका पदाधिकारीलाई पनि प्रतिवादी कायम गरिएको छ । उनीहरुको मिलेमतोमा जलेश्वर नगरपालिका– १ स्थित हाटबजार क्षेत्रमा ०७९÷८० मा गरिएको पिसिसी ढलानका क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरी भ्रष्टाचार गरेको उनीहरुमाथि आरोप छ । अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा ५ लाख ८४ हजार ६३७ रुपैयाँ विगो र कैद दावी गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैटौं धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी, सव(इन्जिनियर दीपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, वडा नम्बर १ का अध्यक्ष अनिलकुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषीदेवीलाई प्रतिवादी बनाएको...

post

निर्वाचन आयोगमा अशोक राई नेतृत्वको नयाँ जसपा दर्ता

काठमाडौं, २४ वैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालबाट विभाजन भएर अशोक राई नेतृत्वको ‘जनता समाजवादी पार्टी’ जसपा निर्वाचन आयोगमा दर्ता भएको छ । आएतबार यादव नेतृत्वको जसपा नेपाल विभाजन गरी राईको नेतृत्वमा नयाँ दल दर्ता भएको थियो । नयाँ दल दर्ताका लागि राईले आइतबार नै आयोगमा निवेदन दिएका थिए । सोमबार बसेको निर्वाचन आयोगको बैठकले जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको जानकारी दिएका छन् । ‘आयोगमा परेको निवेदनबमोजिम राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी संक्षिप्तमा (जनता समाजवादी) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखिकरण गर्ने भनेर आयोगले निर्णय गरेको छ’ प्रवक्ता पौडेलले भने । आयोगले दल दर्ताको जानकारी र दल दर्ताको प्रमाणपत्र ‘जनता समाजवादी पार्टी’ लाई दिई सम्बन्धित निकायहरुलाई लेखी पठाउने जनाएको...

post

महतोको ८० लाख रूपैयाँ लुटियो

जनकपुरधाम, २४ वैशाख । धनुषामा सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ । मोटर साइकलमा आएका तीन जनाको समूहले शुभ श्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोबाट सो ८० लाख रुपैयाँ लुटेर फरार भएका छन् । राष्ट्रिय सहकारी बैंकमा रहेको पैसा झिकेर सहकारीको कार्यालयतर्फ लैजाने क्रममा सो रकम लुटिएको महतोले प्रहरी समक्ष बताएका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।  

post

अग्नी प्रभावित दाङ र गुल्मीका दुई पालिकालाई काठमाडौं महानगरपालिकाको सहयोग

काठमाडौं । २२ वैशाख । काठमाडौं महानगरले अग्नि प्रभावित दाङ र गुल्मीका दुई पालिकालाई दश÷दश लाख राहत दिने भएको छ । दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई सो रकम उपलब्ध गराउने निर्णय भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । आगलागीबाट पीडित बनेकाहरुका लागि सो रकम सहयोग गर्न महानगर विपद् व्यवस्थापन समितिले निर्णय गरेको उनले बताए । रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने पनि उनले जानकारी दिए । दाङको राजपुर गाउँपालिका–७ स्थित हाटबास क्षेत्रमा यही वैशाख १६ गते आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका थिए । साथै वैशाख ८ र ९ गते गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ वटा घर र ५१ वटा गोठ जलेर नष्ट भएका थिए ।  

post

३४ लाख ठगी गरेकाे आरोपमा पक्राउ

काठमाडौं, २२ बैशाख । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा योगेश राई रहेका छन् । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठसँग ३४ लाख २३ हजार तीन सय रुपैयाँ ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनलाई पक्राउ गरेको हो । राईलाई प्रहरीले शनिवार सार्वजनिक गरेको हो । पक्राउ परेका निज राईमाथि गरी जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।  

post

सूचना–प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ ः प्रधानमन्त्री

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् । उनले अब युवा लक्षित कार्यक्रम ल्याइने भन्दै सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तन कोष स्थापना गरी सोका निम्ति आवश्यक कानुनको तर्जुमा गर्ने गृहकार्य अगाडि बढाएको पनि बताए । सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु भएको बताए । उनले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास रहेको उल्लेख गरे । उनले नवप्रवर्तन कोष स्थापनासँगै आफ्नै स्वविवेक, क्षमता र पहुँचमा सूचना प्रविधिमार्फत अरबौँको आम्दानी गरिरहेका युवा वैज्ञानिकलाई प्रोत्साहित हुनुका साथै युवा पुस्तालाई देशभित्र आशा जगाउन एवं अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउन सकिने विश्वास व्यक्त गरे । उनले युवालाई लक्षित गरी अगाडि बढाइएको ‘स्टार्टअप कार्यक्रम’ लाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न...

post

विकराल बन्दै डढेलाे, ३९ जिल्लाका १६५ ठाउँका डढेलो

काठमाडौं, २० बैशाख । नेपालको भौगोलिक विकटता र लामो समयदेखि वर्षा नभएका कारण देशभर वन डढेलोको अवस्था विकराल बन्दै गएको छ । अत्यधिक चल्ने हुरि बतासका कारण एक ठाउँमा लागेको आगो सहजै अन्य ठाउँमा सल्किँदा आगो विकराल बन्दै गएको हो । यतिबेला वन डढेलोका कारण मानवीय बस्ती नै जोखिममा परेका छन् । हालसम्म देशभरका ३९ जिल्लाका १ सय ६५ स्थानमा डढेलो लागेको छ भने डढेमा परी दुई जनाले ज्यान गुमाईसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । यता जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाले भने तत्कालका लागि डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने बताएको छ । आगामी तीन दिनसम्म मुलुकको केही स्थानमा छिटफुट वर्षा हुने सम्भावना भएपनि डढेलो नै नियन्त्रण हुने गरी वर्षा नहुने महाशाखाको भनाई छ । सल्यान, सुर्खेत, कैलाली, दैलेख, डोटीलगायतका जिल्लाहरु डढेलोबाट प्रभावित भएका छन्...

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660