मुख्य पोस्ट

विश्वकै प्रदुषित शहरको पहिलो नम्बरमा काठमाडौँ उपत्यका

post-img

काठमाडौं, २० वैशाख । काठमाडौँ उपत्यकाको वायु प्रदूषण अत्यधिक बढेको छ । यो विश्वमै प्रदूषित शहरको पहिलो नम्बरमा परेको छ । नेपालका विभिन्न स्थानमा लागेको लागिरहेको डढेलो र धुलोका कारण काठमाडौं उपत्यकाको वायु अस्वस्थ बनेको हो ।

एयर क्वालिटी इन्डेक्सले विहिबार सार्वजनिक गरेको सूचीमा काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । १७८ एक्यूआइसहित काठमाडौँ शिर्ष स्थानमा रहेको हो । दोस्रो स्थानमा पाकिस्तानको लाहोर शहर रहेको छ । लाहोर १७० एक्यूआईसहित दोस्रो स्थानमा परेको हो । त्यस्तै तेस्रो स्थानमा १६२ एक्यूआईसहित थाइलाण्डको चिङ मै शहर परेको हो ।

प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ ।

२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ । काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ ।

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660