post

ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक, ६ हजार उत्तीर्ण

काठमाडौं, २८ चैत । ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलकतर्फका लागि लिइएको परिक्षाको नतिजा सार्वजनिक भएको छ । जसमा उत्पादनमुलकतर्फ पहिलो चरणको भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । गत ७ फागुनदेखि २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० मध्येमा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् । पहिलो चरणको परीक्षामा पास भएकाहरूले २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा दिनुपर्ने वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले जनाएको छ । ‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरू कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर)मा सूचीकृत हुने विभागले जनाएको छ। उत्तीर्ण परीक्षार्थीलाई राहदानी र प्रवेश पत्रसहित तोकिएको मिति, स्थान र सममयमा उपस्थित हुन ईपीएस कोरिया शाखाले भनेको छ। उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा ३१ वैशाखदेखि १६ साउन २०८१ सम्म हुँदैछ। त्यस्तै तेस्रो चरणको परीक्षा २६ कात्तिकदेखि २ पुस २०८१ सम्म हुने तालिका छ ।

post

विद्यार्थी विदेश आकर्षण रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फाल्गुण ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि विद्यार्थीहरु विदेश जाने क्रम रोक्नुपर्ने बताएका छन् । त्यसका लागि शैक्षिक स्तरमा सुधार गर्नुपर्ने खाँचो रहेको बताए । भारतीय विश्वविद्यालय संघ एआइयु उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए । उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणबारे पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता रहेको भन्दै नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताए । विश्वव्यापी शक्तिहरुले ल्याएका चुनौतीसँग शैक्षिक क्षेत्रले सङ्घर्ष गरिरहनु परेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उच्च शिक्षा र सीपका लागि ठूलो स्रोत लगाएका कारण उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्धानहरु आकर्षित हुने पछिल्लो समयको प्रवृत्ति देखिएको बताए ।

post

हरेराम आधारभूत विद्यालयलाई मोक्तानद्वारा एकलाखको चेक हस्तान्तरण

दोरम्वा–शैलुङ, रामेछाप । रामेछापको दोरम्वा–शैलुङ वडा नं. ६ ढाँडेमा रहेको हरेराम आधारभूत विद्यालयलाई सोही विद्यालयका पूर्व विद्यार्थी समाजसेवी एवं कोरिएन भाषा प्रशिक्षक खिरेन्द्रराज मोक्तानले एक लाख रुपैयाँ नगद सहयोग गर्नुभएको छ । विद्यालयमा रहेको सरकारी दरबन्दी कटौती भएपनि विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द ढुंगेल (नवीन), विद्यालयका पिटिए अध्यक्ष जमानसिंह तामाङ, प्र.अ. हरिप्रसाद तिवारी, शिक्षकहरु लिलानाथ ढुंगेल, ईश्वरी तिवारी लगायतको पहलमा निजी स्रोतका शिक्षकहरुलाई तवल खुवाउनेगरी शनिबार राजधानीको मिनभवनस्थित नेपाल कमर्श क्याम्पसमा आयोजना गरिएको भेलामार्फत मोक्तानले उक्त रकम बराबरको चेक विद्यालय व्यवस्थापन समिति र प्रअ हरिप्रसाद तिवारीलाई हस्तान्तरण गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुंगेलले स्थानीय समाजसेवी, बुद्धिजीवी, पेशाकर्मीहरुको भेला राखी आर्थिक सहयोग गर्न आब्हान गरेसँगै स्थानीयवासीहरुले मन खोलेर उक्त विद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । भेलामा नेकपा एमालेका नेता टंकप्रसाद चौलागाईले २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । त्यसैगरी सोही विद्यालयका शिक्षक लिलानाथ ढुंगेलले २० हजार रुपैयाँ, स्थानीयवासी अरुण तिवारीले...

post

भोलिदेखि देशैभरि हिउँदे वर्षाको र हिमपातको सम्भावना

पुस १२, काठमाडौं । देशका अधिकांश स्थानमा मंगलबारदेखि हिउँदे वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आइतबारदेखि पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणाली मंगलबार र बुधबार देशैभरि फैलिने छ । जसका कारण, देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनेछ । विभागले यो प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत यो प्रणालीका कारण असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सचेत गराएको छ । उक्त पश्चिमी वायुको प्रणाली बिहीबारदेखि भने क्रमशः कमजोर बन्दै जाने अनुमान विभागको रहेको छ ।

post

टिकटक बन्यो सर्वाधिक हेरिने वेबसाइट, गुगल र फेसबुक पछि परे

पुस ८, काठमाडौं । गुगल र फेसबुकलाई पछि पार्दै टिकटक सर्वाधिक धेरै हेरिने वेबसाइट बनेको छ । विश्वभरका एक अर्ब प्रयोगकर्ताले यसको प्रयोग गर्ने गरेका छन् । टिकटकले गुगल, फेसबुक, माइक्रोसफ्ट, एप्पल, अमेजन, नेटफ्लिक्स, युट्युवजस्ता वेबसाइटलाई पछि पारेको हो । प्रतिवेदनअनुसार धेरै हेरिने शीर्ष १० वेबसाइटमध्ये टिकटक एक मात्र गैरअमेरिकी वेबसाइटको रुपमा रहेको छ ।

post

सिजी नेटले प्रतिमहिनामा ५० एमबीपीएसको इन्टरनेट मात्र ६ सय ४९ रुपैयाँमा दिने

कार्तिक २३, काठमाडौं । चौधरी गुप्रको छातामा रहेको सिजी कम्युनिकेसन्सले सिजीनेटको सेवामा नयाँ र सस्तो ‘सुपर सस्तो प्याकेज’ सार्वजनिक गरेको छ । उक्त प्याकेज अन्तर्गत ग्राहकले प्रतिमहिना ६ सय ४९ रूपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न पाउनेछन् । यस प्याकेज १, ३, ६ महिना र एक वर्षका लागि उपलब्ध छ । तीन महिनाको प्याकेजलाई १९ सय ४७ रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्न सकिनेछ । यस्तै ६ महिनाको शुल्क तीन हजार ८ सय ९४ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै वार्षिक ग्राहकले ७ हजार ७ सय ८८ रुपैयाँमा यो प्याकेज खरिद गर्न सक्नेछन्।

post

सूर्यमा प्वाल देखिएको भन्दै पृथ्वी नै खतरामा पर्नसक्ने नासाको दावी, अब के हुन्छ ?

काठमाडौं । वैज्ञानिकहरुले सूर्यमा प्वाल देखिएको दाबी गरेका छन् । अन्तर्रा्ष्ट्रिय वैज्ञानिकहरुको संस्था नासाले सूर्यमा प्वाल देखिएको र यसले पृथ्वीलाई नै खतरामा पार्न सक्ने बताएका छन् । सूर्यमा विशाल कालो छिद्र (प्वाल) देखा परेको यसले पृथ्वीमा तातो ज्वालाहरु फ्याक्न सक्ने चेतावनी दिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमरुले जनाएका छन् । डेलिमेलका अनुसार प्वालले पृथ्वीसम्म तातो ज्वालाहरु फ्याँक्नसक्ने, केही दिन पृथ्वीमा अन्धकार (ब्ल्याकआउट) हुनसक्ने र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकहरुको चेतावनी छ । वैज्ञानिकहरुले सुर्यास्तको समयमा खिचेको तस्वीर एआर–२६६५ अनुसार एकलाख २० हजार किलोमिटर फराकिलो उक्त कालो छिद्र (प्वाल) पृथ्वीभन्दा ठूलो रहेको बताएका छन् । वैज्ञानिकहरुले उक्त छिद्रबाट खतरनाक ‘एम क्लास’ को सौर्य ज्वालाहरु उत्पादन गर्नसक्ने बताउँदै पृथ्वीमा रेडियो ब्लाकआउट उत्पन्न भएर विकिरण तुफान आउनसक्ने भन्दै उच्च सर्तकता अपनाउन चेतावनी दिएका छन् । यस घटनाले पृथ्वीको सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकहरुले प्रारम्भिक अनुमान छ । नासा सौर्य गतिशील वेधशालाले गतहप्ता सूर्यमा रहेको उक्त विशाल कालो छिद्र पत्ता लगाएको नासाले जनाएको छ । नासालाई...

post

अन्तरिक्षमा पर्यटक लैजाने विमानको यसरी गरियो उडान परीक्षण

काठमाडौं । अमेरिकी कम्पनी स्पेस एक्सले आफ्नो पूर्वघोषणाबमोजिम अन्तरिक्षमा मानव पर्यटक लैजान तयार पारेको विमानको परीक्षण उडान गरेको छ । अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षमा मानव पर्यटक ओसार्ने कम्पनीको लक्ष्य छ । यो परीक्षण उडान मात्रै भएकाले यसमा कुनै पनि मानव थिएनन् । रिप्ले नाम दिइएको मानव आकृतीलाई अन्तरिक्ष यात्रीले लगाउने जस्तो पोशाक लगाइएको छ, भने यसमा प्रसस्त सेन्सर जडान गरिएको छ ।मानव अन्तरिक्षमा जाँदा उनीहरुले भोग्ने चापलगायत विभिन्न तथ्याङकहरु यी सेन्सरबाट संकलन गर्ने योजना छ । अमेरिकाको क्यालिफोर्नीयामा अवस्थित कम्पनी स्पेस एक्सका लागि छोटो अवधीमा यो ठूलो सफलता मानिएको छ ।पेसाले प्रविधि उद्यमी एलन मस्कले मानवलाई अन्तरीक्षमा लैजाने यो कम्पनी स्थापना गरेका थिए । अहिले जसरी काम भए अमेरिकी अन्तरीक्षसम्बन्धी निकायले यो प्रणालीलाई नियमितरुपमा अन्तरीक्षमा मानव पर्यटक लैजान यो बर्षको अन्त्यतिर स्वीकृति दिने अनुमान गरिएको छ ।स्पेस एक्सका संस्थापक एलन मस्कले यो कदम अन्तरीक्षमा व्यवसायीक रुपमा मानव ग्राहक लैजान पहिलो हुने बताए । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660