मुख्य पोस्ट

हरेराम आधारभूत विद्यालयलाई मोक्तानद्वारा एकलाखको चेक हस्तान्तरण

post-img

दोरम्वा–शैलुङ, रामेछाप । रामेछापको दोरम्वा–शैलुङ वडा नं. ६ ढाँडेमा रहेको हरेराम आधारभूत विद्यालयलाई सोही विद्यालयका पूर्व विद्यार्थी समाजसेवी एवं कोरिएन भाषा प्रशिक्षक खिरेन्द्रराज मोक्तानले एक लाख रुपैयाँ नगद सहयोग गर्नुभएको छ ।

विद्यालयमा रहेको सरकारी दरबन्दी कटौती भएपनि विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द ढुंगेल (नवीन), विद्यालयका पिटिए अध्यक्ष जमानसिंह तामाङ, प्र.अ. हरिप्रसाद तिवारी, शिक्षकहरु लिलानाथ ढुंगेल, ईश्वरी तिवारी लगायतको पहलमा निजी स्रोतका शिक्षकहरुलाई तवल खुवाउनेगरी शनिबार राजधानीको मिनभवनस्थित नेपाल कमर्श क्याम्पसमा आयोजना गरिएको भेलामार्फत मोक्तानले उक्त रकम बराबरको चेक विद्यालय व्यवस्थापन समिति र प्रअ हरिप्रसाद तिवारीलाई हस्तान्तरण गर्नुभएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुंगेलले स्थानीय समाजसेवी, बुद्धिजीवी, पेशाकर्मीहरुको भेला राखी आर्थिक सहयोग गर्न आब्हान गरेसँगै स्थानीयवासीहरुले मन खोलेर उक्त विद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । भेलामा नेकपा एमालेका नेता टंकप्रसाद चौलागाईले २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

त्यसैगरी सोही विद्यालयका शिक्षक लिलानाथ ढुंगेलले २० हजार रुपैयाँ, स्थानीयवासी अरुण तिवारीले १५ हजार पाँच सय रुपैयाँ, तल्लो ढाँडे युवा समूहको तर्फबाट १५ हजार रुपैयाँ, आत्माराम गौतमले १० हजार १५१ रुपैयाँ, वि.व्य.स. अध्यक्ष खडानन्द ढुंगेल (नवीन), विदुर ढुंगेल, भोला तिवारी, अनिल घिसिङ, प्रशान्त तिवारी, प्रविण तिवारीबाट १०÷१० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

त्यसैगरी अनिल ढुंगेल ५ हजार १५५ रुपैयाँ, विद्यालयका पिटिए अध्यक्ष जमानसिंह तामाङ, रणबहादुर तामाङ, सविन ढुंगेल, सुदर्शन गौतम, किशोर ढुंगेल, सञ्जिव तामाङ, सुरज मोक्तान, सुदिप तामाङ, प्रकाश तिवारीले ५÷५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा स्थानीयवासी एवं पूर्व शिक्षक कोमल ढुंगेलले १० वटा कुर्सी विद्यालयलाई किनिदिने प्रतिवद्धता जाहेर गर्नुभयो भने सोही विद्यालयका पूर्व शिक्षक दामुप्रसाद ढुंगेल र ज्ञानप्रसाद तिवारीले अक्षयकोषमा रकम बृद्धि गर्ने घोषणा गर्नुभयो । त्यसैगरी स्थानीय समाजसेवी देवकुमार मोक्तानका परिवारले यसअघि विद्यालयमा स्थापना गरेको अक्षयकोषमा रकम थप गरी सो कोषलाई एक लाख रुपैयाँ राशी बनाउने प्रतिवद्धता गर्नुभयो ।

शनिबार नै एक लाखको चेक हस्तान्तरण गर्नुभएका खिरेन्द्रराज मोक्तान देव मोक्तानको सहोदर भाइ हुनुहुन्छ । उहाँहरुले आफ्नो बुबा धनबहादुर मोक्तानको नामबाट उक्त रकम विद्यालयलाई हस्तान्तरण गरेको बताउनु भयो । विद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नेहरुमा केही विदेशी भूमिमा श्रम गरिरहेका व्यक्तिहरु हुनुहुन्छ ।

यसैबीच सोही विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका सयौं व्यक्तिहरुले विद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको विद्यालयका प्रअ हरिप्रसाद तिवारीले बताउनु भयो । कार्यक्रममा उपस्थिति विभिन्न महानुभावहरुले पनि विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660