मुख्य पोस्ट

बुद्ध गौतमको ‘म सक्छु’ भब्यतापूर्वक सम्पन्न

post-img

दोरम्वा–शैलुङ, रामेछाप । रामेछापको दोरम्वा–शैलुङ वडा नं. ६ मा रहेका श्री कालिका माध्यमिक विद्यालयमा शुक्रबार (माघ १२ गते) सोही विद्यालयका पूर्व विद्यार्थी एवं समाजसेवी बुद्ध गौतमले विद्यार्थी, शिक्षक, अभिभावक लगायतलाई लक्षित गरेर गरिएको मोटिभेसनल कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।


कार्यक्रम सम्पन्न भएसँगै सो कार्यक्रमका प्रस्तोता गौतमले विद्यालयले सेमिनार आयोजना गर्न दिएकोमा विद्यालयप्रति आभार समेत व्यक्त गर्नुभएको छ । गौतमले आफ्नो प्रस्तावलाई सहर्ष स्वीकार गरि कार्यक्रम बनाउन प्रोत्साहन दिनु हुने कालिका माविका प्रअ यानप्रसाद ढुंगेलप्रति कृतज्ञ रहेको बताउनु भएको छ ।


गौतमले कार्यक्रमलाई कुशलतापूर्वक सञ्चालन गर्नुभएका शिक्षक योगलाल गौतम र कार्यक्रमका प्रमुख अतिथिका रुपमा उपस्थित वडा अध्यक्ष टिका गौतम, विशेष अतिथिको रुपमा दोरम्बा शैलुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख नेत्र गौतम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यशु चौलागाई, पूर्व वडा अध्यक्ष अम्विकाप्रसाद गजुरेल, विद्यालयका पूर्व प्रअ रामप्रसाद चौलागाईं, प्रहरी चौकी तिमलडाँडाबाट प्रहरी सहायक निरीक्षक सतेन्द्र साह, सुर्यज्योति आधारभूत बिद्यालय (जागू) का प्रअ तथा सेवक नेपालका अभियन्ता सूर्यप्रसाद तिवारी, गणतान्त्रिक आधारभूत बिद्यालयका प्रअ (माख्लो जागू) का लिला थापामगर, बुद्धेश्वरी आधारभूत बिध्यालय (तिमलडाँडा) का प्रअ निराजन लामा, श्री हरेराम बिद्यालय (ढाँडे) बाट ईश्वरी तिवारी, जनता आधारभूत विद्यालय लखनपुरका प्रअ बलराम गौतम, भैरवकाली आधारभूत विद्यालय (गढीगाँउ) का प्रअ टोकबहादुर मगरसहित सातवटा विद्यालयबाट उपस्थित शिक्षक÷विद्यार्थी भाइबहिनिहरु तथा सम्पूर्ण बुबा आमा दाजुभाई दिदिबहिनिहरुलाइ धन्यवाद दिनुभयाे ।

यसैगरी मलाई हौसला प्रदान गर्न काठमाडाैंबाट चिसो मौसम तथा कस्टकर बाटोको कुनै परवाह नगरी कार्यक्रममा गौरवमय सहभागी जनाउन पुग्नुहुने सेवक नेपाल संस्थाका जिम्मेवार व्यक्तित्वहरु हरिशरण न्यौपाने, नवराज तिवारी, अर्जुन अधिकारी, सरस्वती चाैलागाइ, अरूणा गौतमलगायतप्रति समेत आभार व्यक्त गर्नुभएको छ । गौतमले आगामी दिनमा पनि सरकारी विद्यालयका तर्फबाट माग भए आफू जुनसुकै ठाउँका विद्यालयमा गएर यस्ता कार्यक्रम सञ्चालन गर्ने समेत बताउनु भयो ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660