post

क्यान्सरका बिरामीलाई यती एयरलाइन्सकाे निःशुल्क टिकट

काठमाडौं, २८ फागुन । क्यान्सरका बिरामीलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । नेपालभरकै क्यान्सर बिरामीहरूलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यति एयरलाइन्स र बिराट क्यान्सर इन्स्टिच्युटबीच फागुन १७ गते सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । एयरलाइन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले उपचारका लागि बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (बिराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीहरूलाई निःशुल्क हवाई टिकट पलब्ध गराउने भएको हो । उपचारका निम्ति विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीलाई यतीले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको हो । निःशुल्क टिकट लिन बिरामीले आवश्यक कागजातसहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नुपर्नेछ ।  

post

दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु

काठमाडौं, १३ फागुन । दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई खोप लगाइनेछ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियान तराई मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने छ । बाँकी जिल्लाहरुमा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ । चैत ७ गतेसम्म सन्चालन हुने छ । रुकुमपश्चिम र जाजरकोटमा भने यो खोप अभियान सम्पन्न भइसकेको छ । यसअघि सन् २०१८ मा दादुरा रोग नियन्त्रणमा आएको बताइए पनि सन् २०२३ मा यसले धेरै जिल्लाहरुमा प्रकोपको रुप लिएपछि सरकारले फेरि खोप अभियान चलाएको हो । अब सन् २०२६ भित्र दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य सरकारले राखेको छ । खोप शाखाका प्रमुख डा। अभियान गौतमका अनुसार ५७ लाख ८२ हजार ९९३ बालबालिकालाई यसपटक दादुरा र रुबेलाको खोप लगाइने छ । यो खोप नेपालभरका ४८ हजार ७९८ केन्द्रबाट लगाइने...

post

स्मरण शक्ति विकास गर्ने खानेकुराहरू

२७ माघ । मस्तिष्कको विकासको लागि अन्य कुरा सँगसँगै खानेकुराको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । जसको नियमित सेवनले स्मरण शक्तिको विकास गर्न सकिन्छ । आज हामी स्मरणशक्ति वृद्धि गर्ने केही खानेकुराबारे चर्चा गर्दैछौं । गोलभेडामा हुने लाइकोपिन तत्वले शरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ । त्यसका साथै गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छन् । दिनहुँ ओखर सेवन गर्नाले स्मरण शक्तिको वृद्धिका लागि निकै सहयोग पुग्छ । यसमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छन् । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पु¥याउँछ । तुलसीको पात दिनको २र३ वटाका दरले खाँदा निकै लाभदायक हुन्छ । यसले छिटो भुल्ने समस्या भएका मानिसलाई समेत फाइदा गर्छ । स्ट्रबरीको नियमित सेवनले मस्तिष्कका कोषको क्षयीकरण हुनबाट बचाउँछ । जाइफलको नियमित सेवनले मस्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन मद्दत प¥याउँछ । एजेन्सी

post

खाली पेटमा चिया पिउनुका यस्ता छन् वेफाइदाहरु

एजेन्सी । तातो चिया पिउने धेरैको बानी हुन्छ । तुलसी, अदुवा, ल्वाङ, अलैची तथा दालचिनी जस्ता कुराहरुको चियामा प्रयोग गरेर चिया पिउनाले शरिरलाई लाभ समेत हुनेगर्छ । तर, यदी खाली पेटमा चिया पिउनु बानी छ भने सजग हुनुपर्नेछ । खाली पेटमा चिया पिउँदा हुने वेफाइदाहरुबारे यहाँ चर्चा गरिएको छ । एसिडिटी : खाली पेटमा चिया पिउनुको सबैभन्दा ठूलो बेफाइदा हो एसिडिटी । यसले पाचन प्रणालीमा उत्पन्न हुने रसलाई समेत प्रभाव पार्ने काम गर्छ । पाचन प्रणाली कमजोर : लामो समय खाली पेटमा तातो चिया पिउनाले पाचन प्रणाली कमजोर बनाउछ । एक दुई दिन पिउनुले भने यो समस्या आउँदैन । भोक हराउँछ : खाली पेटमा चिया पिउनाले भोकलाई प्रभावित पार्न सक्छ । यसले गर्दा तपाईको पोषणमा असर पुग्न सक्छ । पेटमा समस्या :  खाली पेटमा चिया सेवनले पेटमा सिधै असर पार्दछ । पेटमा जलन, उल्टी हुने समस्या, शरिर भारी हुनेजस्ता समस्या देखिन सक्छ । त्यसैले चिया पिउनुअघि केही खानेकुरा खान जरुरी...

post

डेंगु सङ्क्रमितको सङ्ख्या ४६ हजार बढी, २० जनाको मृत्यु

काठमाडौं, २१ कात्तिक । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । हालसम्म सङ्क्रमितको सङ्ख्या ४६ हजार नाघेको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । नेपालका ७७ जिल्लामा हालसम्म ४६ हजार ३१९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । हालसम्म डेंगु संक्रमणबाट २० जनाको ज्यान गइसकेको ईडीसीडीले जनाएको हो । सबैभन्दा बढी सङ्क्रमित सुनसरीमा १६ हजार १६० जनामा पुष्टि भएको छ भने त्यसपछि क्रमशः तनहुँमा ६ हजार ८११ जनामा, झापामा ३ हजार ७४१ जनामा, धादिङमा ३ हजार २३२ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । त्यस्तै कास्कीमा २ हजार ७०५ जना, मोरङ २ हजार ३०५ जना, काठमाडौँमा १ हजार ५६९ जना, संखुवासभामा ७२४, गोरखामा ७०३ जना र कैलालीमा ६९० जनामा संक्रमण पुष्टि भएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी सङ्क्रमित कोसी प्रदेशमा २४ हजार ७८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै गण्डकी प्रदेशमा ११ हजार ६२९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने बागमतीमा ६ हजार...

post

डेंगु सङ्क्रमित ह्वात्तै बढे

काठमाडौं, २३ असोज । नेपालमा डेंगु सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो दुई दिनमा १५ सय बढी सङ्क्रमित भएका छन् । हालसम्म ३६ हजार ७४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)ले जनाएको छ । जबकी दुई दिन अघि ईडीसीडीले प्रकाशन गरेको तथ्याङ्कमा सङ्क्रमित सङ्ख्या ३५ हजार २२३ जना सङ्क्रमित थिए । हालसम्म डेंगु संक्रमणबाट २० जनाको मृत्यु भएको छ । हालसम्म नेपालका ७६ जिल्लामा संक्रमण फैलिएको छ । सङ्क्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरीमा १६ हजार ९५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने दोस्रोमा तनहुँ जिल्लामा ३ हजार ७१० जना सङ्क्रमित फेला परेको महाशाखाले जनाएको छ । त्यस्तै तेस्रोमा झापा ३ हजार ५७१ हजार, धादिङमा ३ हजार १२९ जनामा सङ्क्रमण भएको छ । मोरङ २ हजार २७३ जना सङ्क्रमित हुँदा कास्की १ हजार ४०८ जना सङ्क्रमित भएका छन् । काठमाडौँमा ७८५ जना सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ । उता सङ्खुवासभामा ५२८ जना सङ्क्रमण...

post

टीकापुरमा स्वास्थ्यकर्मीहरुको प्रदर्शन

टीकापुर, १३ असोज । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने गरेको आक्रमणको विरोधमा टीकापुरका स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका छन् । ‘चिकित्सक तथा स्वास्थ्यकर्मी माथिको हिंसा बन्द गर, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्न देऊ’ भन्ने नाराका लगाउदै चिकित्सकहरुले प्रदर्शन गरेका छन् । टीकापुर अस्पताल, साथी अस्पताल लगायतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले टीकापुर बजारमा ब्यानरसहित प्रदर्शन गरेका हुन् । ब्यानर, प्लेकार्ड सहित बजार परिक्रमा गरेपछि कोणसभामा परिणत भएको थियो । सो कोणसभालाई सम्बोधन गर्दै टीकापुर अस्पतालका डाक्टर डबल बुढाले विभिन्न अस्पतालहरुमा स्वास्थ्यकर्मी र चिकित्सकमाथि भइरहेका घटनाको विरोधमा आन्दोलनमा उत्रिएको बताए । टीकापुर अस्पतालका स्वास्थ्यकर्मी विगत पाँच दिनदेखि आन्दोलित बनेका छन् । उनीहरुले शुक्रबारदेखि अस्पतालको इमरजेन्सी बाहेकका सबै काम ठप्प पारी आन्दोलनमा उत्रिएका छन् ।  

post

स्वास्थ्यकर्मी कुट्नेमाथि कारवाही हुन्छ : गृह मन्त्रालय

असोज ११, काठमाडौं । केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्की लगायत विभिन्न जिल्लाहरुमा स्वास्थ्यकर्मीमाथि हातपात हुने गरेको छ । दोषी उपचार कारवाहीको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलित समेत बन्दै आएका छन् । स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी हुने गरेका यस्ता अप्रिय घटनाप्रति गृहमन्त्रालय गम्भिर रहेको जनाएको छ । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न दोषीलाई प्रशासनिक एवं कानूनी कारबाही गर्ने समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत मंगलबार बसेको उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो । सो निर्णय कार्यानवयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिसकिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिएका छन् । कास्कीमा घटेको यस्तै घटनामा संलग्न दोषी देखिएका सुरक्षाकर्मीमध्ये एक जनालाई सरुवा र अर्का एकलाई निलम्बन समेत गरिएको शर्माले जानकारी दिए । आन्दोलनरत स्वास्थ्यकर्मीहरुलाई सबै प्रकारका विरोधका कार्यक्रम अन्त्य गरी आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह...

post

चिकित्सकहरुको हड्तालका कारण देशभरका स्वास्थ्य–संस्था ठप्प

उपचार पाउनबाट विरामीहरु बञ्चित भदौ ३१, काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुको हड्तालका कारण देशभरका स्वास्थ्य संस्थाहरु ठप्प भएका छन् । चिकित्सकहरुको आन्दोलनका कारण स्वास्थ्य संस्थाहरु ठप्प पारेसँगै इमर्जेन्सीबाहेकका विरामीहरुले स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थामा नयाँ बिरामी नजाँच्ने निर्णय गरेर डाक्टरहरु आन्दोलित भएका हुन् । डाक्टरहरुको आन्दोलनका कारण नेपालको सबैभन्दा पूरानो र ठूलो बीर अस्पतालको ओपीडी टिकट काउन्टर बन्द छ । वीर अस्पताल मात्रै होइन देशभरका सबैजसो सरकारी अस्पतालका ओपीडी सेवा आज बन्द रहेका छन् । ओपीडी सेवा बन्द भएकै कारण ओपीडीमार्फत चेकजाँच गर्न आउने नयाँ विरामी र फलोअपका लागि आउने पूराना सबै विरामीहरु उपचार पाउनबाट बञ्चित रहेका छन् । यता डाक्टरहरु भने हातमा कालोपट्टी बाँधेर अस्पताल परिसरमै प्रदर्शन गरिरहेका छन् ।

post

विपन्न र बेवारिसे बिरामीको निःशुल्क उपचार

काठमाडौं, १४ बैशाख । नेपालमा शिक्षा र स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा भएको चरम भ्रष्टाचारका कारण यो क्षेत्र निकै विवादित बन्ने गरेको छ । स्वास्थ्य क्षेत्रलाई वैधानिक लुट्ने क्षेत्र पनि मानिन्छ । फितलो कानुनी व्यवस्थाका कारण स्वास्थ्य क्षेत्रमा सर्वसाधारणहरु मारमा परेका छन् । इमर्जेन्सीमा विरामी हुँदा समेत अस्पताल प्रशासनको खातामा पहिला रकम जम्मा गर्नुपर्ने बाध्यता छ । यतिबेला स्वास्थ्य क्षेत्रमा भने सरकारले केही सकारात्मक काम गरेको छ । पैसाका अभावमा कोहीले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले सरकारले विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्न अस्पताललाई निर्देशन दिएको छ । यदि कुनै अस्पतालले सरकारको यस्तो निर्देशनको वेवास्ता गरे कारबाही गरिने समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ बमोजिम त्यस्ता नागरिकको अनिवार्य निःशुल्क उपचार गर्न मन्त्रालयले निर्देशन दिएको हो । मापदण्डको दफा ७० ‘घ’ अनुसार अस्पतालहरूले कुल शय्याको १० प्रतिशत विपन्न तथा असहाय नागरिकका लागि छुट्ट्याउनुपर्ने हुन्छ । उनीहरूको निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था छ ।...

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660