post

‘डिग्री माइला’को आक्रमक व्यापार

काठमाडौं, १ बैशाख । नयाँ वर्षको अवसर पारेर हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले आक्रमक व्यापार गर्न सफल भएको छ । पहिलो दिन देशभरका २ सय बढी शोजमा ८० प्रतिशत अकुपेन्सी कायम गरेको यस फिल्मले वक्स अफिसमा आफ्नो प्रभाव देखाउन थालेको छ । ‘कबड्डी’ समूहको फिल्म ‘डिग्री माइला’ले शनिबार नयाँ वर्ष परेको हुँदा उपलब्ध शोजमा बिहानैदेखि उच्च अकुपेन्सी देखिएको छ । फिल्मको बुकिङ र ‘डोर सेल’ दुवै राम्रो देखिन्छ । रामबाबु गरुङको निर्देशनमा बनेको फिल्मले एक शिक्षित माइला पात्रको कथा भन्छ, जसलाई आफूप्रति अहंकार र घमण्ड छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहित काठमाडौंका प्रायः हलमा शनिबार फिल्मलाई उपलब्ध अधिकांश शोज हाउसफुल भए । मोफसलका हलमा पनि फिल्मको क्रेज राम्रो देखिएको छ । यसरी हेर्दा नयाँ वर्षमा मात्र फिल्मको व्यापार डेढ करोडमाथि हुने सम्भावना देखिन्छ । फिल्म प्रदर्शनमा आएसँगै अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मासहितका कलाकारहरुले हल पुगेर दर्शकसँग साक्षात्कार प्रतिक्रिया बुझ्दै थिए । फिल्म हेरेर हलबाट निस्किएका...

post

पुनः सम्पादन गरिएको ‘रङ्गेली’ आजबाट प्रदर्शनमा

काठमाडौं, २८ फागुन । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘रङ्गेली’मा केही सम्पादन गरी छोट्याइएर आजबाट प्रदर्शन गरिएको छ । पुनः सम्पादन गरेर ‘रङ्गेली’को लम्बाई घटाइएको छ । आजबाट दर्शकले केही छोट्ट्याइको ‘रङ्गेली’ हेर्न पाउने भएका छन् । यसअघि २ घण्टा ५१ मिनेट लम्बाईसहित हलमा रिलिज भएको यो चलचित्र आजदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शन हुनेछ । चलचित्रका निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहना अनुरूप नै चलचित्र लम्बाई घटाइएको बताएका छन् । उनका अनुसार चलचित्र २१ मिनेट घटाइएको छ । ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायत कलाकारको प्रमुख भूमिका रहेको छ ।

post

मिस तामाङको उपाधि रियालाई

काठमाडौं, १३ फाल्गुन । मिस तामाङ २०२४ को उपाधि रिया तामाङले जित्न सफल भएकी छिन् । मम्स इन्टरनेशनलले आयोजाना गरेको मिस तामाङ १६ औं संस्करणमा ‘मिस तामाङ २०२४’को विजेता रिया बनेकी हुन् । शनिवार राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा १४ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनी विजेता बनिन् । उनलाई मिस तामाङ २०२३ की विजेता पासाङयाङ्जी तामाङले ताज पहिरिदिएकी थिएकी थिइन् । त्यस्तै फस्ट रनर अप स्मृति योन्जन, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा भएकी छन । मिस तामाङ विजेताले नगद १ लाख, फस्ट रनर अफले ५० हजार, सेकेन्ड रनर अफले ३० हजार रुपैयाँको पुरस्कार, क्राउन र गिफ्ट ह्याम्पर पाएका छनु् । फस्ट रनरअफ स्मृतिले मल्टिमिडिया टाइटल समेत जित्न सफल भएकी छिन् । प्रतियोगिताको निर्णायक मण्डलमा गायक प्रदिप बमजन‚ तामाङ चलचित्र संघ नेपालका अध्यक्ष एवं अभिनेता कुमार मोक्तान, पूर्व मिस तामाङ सुमी मोक्तान, सञ्चारकर्र्मी गंगा घिसिङ लगायत रहेका थिए ।  

post

बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना

काठमाडौँ, २७ माघ । बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् । छातीमा समस्या देखिएपछि शनिवार उनलाई कोलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् । यद्यपि उनलाई के भएको हो भनेर अस्पतालले कुनै जानकारी गराएको छैन । ७३ वर्षीय चक्रवर्तीको स्वास्थ्यस्थितिबारे परिवारले पनि कुनै प्रतिक्रिया दिएको छैन । अभिनेता अस्पतालमा भर्ना भएको खबर आएदेखि नै उनका फ्यानहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । हालै मिथुन चक्रवर्तीलाई सिनेमा उद्योगमा उनको योगदानको लागि देशको प्रतिष्ठित पद्मभूषण पुरस्कारबाट सम्मानित गरिएको थियो।  

post

गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने

काठमाडौं, २७ माघ । काठमाडौंको चाविहिलस्थित गोपीकृष्ण सिनेमा हल यही फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले एक विज्ञप्ति जारी गर्दै हल बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ । कोरोनाकालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नुपरेको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीका कारण हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जानकारी दिएका छन् । चलचित्रकर्मी, हाल राप्रपा नेता उद्धव पौडेलको अगुवाइमा यो हल २०५२ सालमा स्थापना भएको थियो ।

post

बलिउड अभिनेत्री इशा देओलले गरिन् डिभोर्स

एजेन्सी, २४ माघ । हेमा मालिनी र धर्मेन्द्रकी छोरी इशा देओलले भरत तख्तानीसँग सम्बन्ध विच्छेद गरेकी छन् । बलिउड अभिनेत्री इशा र पति भरत तख्तानी लामो समयदेखि अलग बस्दै आएका थिए । लामो समयदेखि लामो समयदेखि कुनै पार्टी वा कार्यक्रममा सँगै नदेखिएका उनीहरुले सहमतिमै डिबोर्स गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । इशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए। उनीहरूको दुई छोरी राध्या र मियारा छन्।

post

गायक राजु परियारलाई झलकमान लोक–संगीतले सम्मान

काठमाडौं, १४ माघ । बिन्ध्यवासिनी फाउण्डेसनले लोक दोहोरी गायक राजु परियारलाई झलकमान लोक संगीत सम्मान २०८० बाट सम्मानित गर्ने भएको छ । फाउण्डेसनको दशौं वार्षिक भेलाले गायक परियारलाई नगद २५ हजार रुपैयाँ राशीसहित सम्मान प्रदान गर्ने भएको हो । शनिवार बिन्ध्यवासिनी म्युजिक अवार्ड–२०८० मा सम्मानित हुने श्रष्टा तथा पत्रकारको नाम अनुमोदन गरेको छ । बिन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभ्मेन्ट अवार्ड २०८० बाट नगद एक लाख रुपैयाँ राशिसहित अग्रज गायिका मिरा राणालाई सम्मान गर्ने निर्णय भएको छ । त्यस्तै, बिन्ध्यवासिनी संगीत साधना सम्मान २०८० बाट नगद ५० हजार रुपैयाँ राशिसहित वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझीलाई सम्मान गर्ने निर्णय भएको छ भने बिन्ध्यवासिनी २५ हजार रुपैयाँ राशिसहितको कला पत्रकारिता सम्मान पत्रकार शान्तिप्रियलाई अर्पण गर्ने निर्णय गरेको छ । बिन्ध्यवासिनी फाउण्डेसनका सल्लाहकार तथा नेपाली संगीत क्षेत्रका शिखर पुरूष स्वर्गीय प्रेमध्वज प्रधानप्रति श्रद्धासुमनसहित उनको नाममा स्थापित प्रेमध्वज संगीत रत्न सम्मानबाट यो वर्ष २५ हजार रुपैयाँ नगदसहित युवा गायक रूपक डोटेललाई सम्मान गर्ने निर्णय भएको छ ।...

post

कालिका माविका भूतपूर्व विद्यार्थीले अक्षयकोष स्थापना गर्ने

दोरम्वा–शैलुङ, रामेछाप । रामेछापको दोरम्वा–शैलुङ गाउँपालिका वडा नं. ६ मा रहेको कालिका माविका भूतपूर्व विद्यार्थीहरुले आफूले पढेको विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । कालिका माविमा अध्ययन गरेर २०६६ सालमा एसएलसी दिएका विद्यार्थीहरुले शनिबार भक्तपुरको घ्याम्पेडाँडामा आयोजना गरेको पिकनिक कार्यक्रममा उक्त घोषणा गरेका हुन् । २०५३ सालबाट एसएलसी परीक्षा दिन सुरु गरेको कालिका माविकै इतिहासमा २०६६ सालमा सबैभन्दा बढी विद्यार्थी एसएलसी पास भएका थिए । सो व्याजमा १३७ जना विद्यार्थीले एसएलसी दिएर उतीर्ण भएका थिए । कालिका माविलाई नमूना विद्यालय बनाउन सो व्याजका विद्यार्थीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसअघि २०६४ मा ९७ प्रतिशत र २०६५ सालमा शतप्रतिशत विद्यार्थी उतीर्ण भएको सोही विद्यालयका पूर्व प्रअ विष्णुप्रसाद गौतमले बताउनु भयो । कालिका माविमा अध्ययन गरी विभिन्न पेशा र व्यवसायमा संलग्न विद्यार्थीहरुले आयोजना गरेको पिकनिक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यशु चौलागाई पूर्व प्रअ विष्णुप्रसाद गौतम दोरम्बा–शैलुङ गाउँपालिका शिक्षा शाखा प्रमुख नेत्रप्रसाद गौतम, प्रअ यानप्रसाद ढुंगेललाई समेत निमन्त्रणा गरिएको थियो...

post

पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चको अनुमति

काठमाडौं, ३० मंसिर । अभिनेता पल शाह (पूर्णविक्रम शाह)विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्च अदालतले अनुमति दिएको छ । बलात्कार अभियोगमा सफलाई पाएका शाहको विरुद्धमा महान्यायाधिवक्ताको कार्यालयले सो फैसला दोहोर्याएर हेर्न पाउँ भनि निवदेन दिएको सुनुवाई गर्दै सर्वोच्चले अनुमति दिएको हो । न्याधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मंसिर २२ गेतको संयुक्त इजलासले शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको हो । यसअघि उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको थियो । अभिनेता शाहले बलात्कार गरेको भन्दै एक नाबालिगले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुरमा जाहेरी दिएकी थिइन् । जबरजस्तीकरणी मुद्दामा लामै समय पूर्पक्षका लागि थुनामा रहेका शाहले उच्च अदालतबाट सफाई पाएपछि पुन चलचित्रको दुनियाँमा फर्किएका थिए ।

post

डोल्मो घिसिङ तामाङको ‘हे मेरी आमा’ सार्वजनिक

काठमाडौं, २९ असोज । डोल्मो घिसिङ तामाङको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ । घिसिङकै प्रस्तुती, शब्द तथा संगीतसमेत रहेको सो गीतलाई उनकै अफिसियल युटुब च्यानल डोल्मो घिसिङ तामाङमार्फत सार्वजनिक गरिएको हो । बुद्ध स्याङ्बाको संगीत संयोजन, मिक्सिङ र मस्टरिङ रहेको उक्त गीतलाई गायक एवं संगीतकार राज कुमार दोङ तामाङ र गायिका रश्मी दोङ तामाङको आवाज रहेको छ । भिडियोमा उनै गायक एवं संगीतकार राजकुमार दोङ र याङगी दोङको अभिनय देख्न सकिन्छ । निशल बस्नेतले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई विकास दाहालको सम्पादन, युवराज वाइबाको निर्देशन तथा लोमुस पौडेलले सह–निर्देशन रहेको छ । हे मेरी आमालाई हेर्न यहाँ क्लिक गर्नुहोस्

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660