मुख्य पोस्ट

विकराल बन्दै डढेलाे, ३९ जिल्लाका १६५ ठाउँका डढेलो

post-img

काठमाडौं, २० बैशाख । नेपालको भौगोलिक विकटता र लामो समयदेखि वर्षा नभएका कारण देशभर वन डढेलोको अवस्था विकराल बन्दै गएको छ । अत्यधिक चल्ने हुरि बतासका कारण एक ठाउँमा लागेको आगो सहजै अन्य ठाउँमा सल्किँदा आगो विकराल बन्दै गएको हो । यतिबेला वन डढेलोका कारण मानवीय बस्ती नै जोखिममा परेका छन् । हालसम्म देशभरका ३९ जिल्लाका १ सय ६५ स्थानमा डढेलो लागेको छ भने डढेमा परी दुई जनाले ज्यान गुमाईसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । यता जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाले भने तत्कालका लागि डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने बताएको छ । आगामी तीन दिनसम्म मुलुकको केही स्थानमा छिटफुट वर्षा हुने सम्भावना भएपनि डढेलो नै नियन्त्रण हुने गरी वर्षा नहुने महाशाखाको भनाई छ ।

सल्यान, सुर्खेत, कैलाली, दैलेख, डोटीलगायतका जिल्लाहरु डढेलोबाट प्रभावित भएका छन् । यता डढेलो नियन्त्रण गर्ने क्रममा दुई जनाले ज्यान गुमाईसकेको छन् । गोदावरी नगरपालिका–४ बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शङ्कर पहारीको मङ्गलबार तथा रमेश पहारीको आज बिहान मृत्यु छ । भने प्राधिकरणका डढेलो विज्ञ सुन्दर शर्माले लामो समयसम्म पानी नपरेको र सुक्खा भएका कारण वन डढेलो नियन्त्रणमा आउन गाह्रो भइरहेको बताएका छन् । ‘आज पनि देशभर डढेलोको अवस्था विकराल बनेको छ ।

वन डढेलोका कारण बर्सेनि ८० घर जल्ने गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । मानवीय कारणले नै जङ्गलमा आगलागीका घटना बढिरहेको गरेको प्राधिकरणको भनाई छ । वन डढेलो नियन्त्रण गर्नकै लागि अहिले डिभिजन वन कार्यालयले व्यापक जनचेतनाका कार्यक्रम सुरु गर्न थालेको छन् । यस्ता घटनामा मानवीय गतिविधि रोक्न केही डिभिजन वन कार्यालयले सिसी क्यामरा जडान कार्यसमेत सुरु गर्न थालेको छ । चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जङ्गलमा फाल्ने, जङ्गलमा घाँस पलाउने भन्दै जाना जान लगाउने जस्ता मानवीय गतिविधिका कारण जङ्गलमा आगो लाग्ने गरेको डिभिजन वन कार्यालयको भनाई छ ।

वन ऐन २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660