post

गण्डकीका अर्थमन्त्रीमा लमजुङका टकराज गुरुङ

कास्की, १६ जेठ । लमजुङका प्रदेशसभा सदस्य डा. टकराज गुरुङ गण्डकीको अर्थमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मन्त्री गुरुङले बुधबार नै पद तथा गोपनीयताको शपथ लिने भएका छन् । अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि समेत गरेका छन् । त्यस्तै मुख्यमन्त्री पाण्डेले पोखराका विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।  

post

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, २९ वैशाख । नेकपा (एकीकृत समाजवादी) को सचिवालय र स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बैठक सुरु हुने केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ। यस्तै, केन्द्रीय कमिटी बैठक वैैशाख ३१ र जेठ १ गते बस्ने एकीकृत समाजवादीले जनाएको छ । यसको तयारीका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।  

post

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

काठमाडौं, २७ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा बिहीबार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कोशी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । लगत्तै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गर्न प्रदेश प्रमुखले बोलाएका थिए । सांसदहरुको सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरेका हुन् । सरकार गठन आह्वानका विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुगेका छन् । कोशी प्रदेश सभा ९३ सदस्यीय रहेको छ। जहाँ बहुमतका लागि ४७ मत आवश्यक पर्छ । तर ५२ सांसदको समर्थन भएपछि प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  

post

हिरासत छल्न अस्पताल जाने प्रवृत्ती राेक्न गृहको तीन बुँदे मापदण्ड

काठमाडौं, २४ वैशाख । अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति र चिकित्सकले गरेका सिफारिस समेत असामान्य र अविश्वसनीय भएर जनस्तरबाटै प्रश्न उठ्ने गरेका घटना न्यूनीकरण गर्न गृहमन्त्रालयले सोमबार तीन बुँदे मापदण्डसहितको निर्देशन जारी गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न ३ बुँदे निर्देशन जारी गरेका छन् । विभिन्न अभियोगमा पक्राउ परेकाहरू चिकित्सकको सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिलाई रोक्न गृहले यस्तो निर्देशन दिएको हो । गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार तीनवटा मापदण्ड पूरा गरेमा मात्रै पक्राउ परेका व्यक्तिलाई हिरासत नबसी अस्पताल जाने सुविधा दिइनेछ । यी हुन् मापदण्ड १. शारीरिक एवम् मानसिक रुपमा अस्वस्थ भएको अवस्था । दीर्घ रोगीहरु जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर उपचार गर्नुपर्ने अवस्थामा अस्पताल लग्नुपर्ने । २. अस्पताल लग्नुपर्ने विकल्पका रुपमा हिरासतमा नै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने(नपर्ने सम्बन्धमा...

post

निर्वाचन आयोगमा अशोक राई नेतृत्वको नयाँ जसपा दर्ता

काठमाडौं, २४ वैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालबाट विभाजन भएर अशोक राई नेतृत्वको ‘जनता समाजवादी पार्टी’ जसपा निर्वाचन आयोगमा दर्ता भएको छ । आएतबार यादव नेतृत्वको जसपा नेपाल विभाजन गरी राईको नेतृत्वमा नयाँ दल दर्ता भएको थियो । नयाँ दल दर्ताका लागि राईले आइतबार नै आयोगमा निवेदन दिएका थिए । सोमबार बसेको निर्वाचन आयोगको बैठकले जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको जानकारी दिएका छन् । ‘आयोगमा परेको निवेदनबमोजिम राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी संक्षिप्तमा (जनता समाजवादी) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखिकरण गर्ने भनेर आयोगले निर्णय गरेको छ’ प्रवक्ता पौडेलले भने । आयोगले दल दर्ताको जानकारी र दल दर्ताको प्रमाणपत्र ‘जनता समाजवादी पार्टी’ लाई दिई सम्बन्धित निकायहरुलाई लेखी पठाउने जनाएको...

post

अग्नी प्रभावित दाङ र गुल्मीका दुई पालिकालाई काठमाडौं महानगरपालिकाको सहयोग

काठमाडौं । २२ वैशाख । काठमाडौं महानगरले अग्नि प्रभावित दाङ र गुल्मीका दुई पालिकालाई दश÷दश लाख राहत दिने भएको छ । दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई सो रकम उपलब्ध गराउने निर्णय भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । आगलागीबाट पीडित बनेकाहरुका लागि सो रकम सहयोग गर्न महानगर विपद् व्यवस्थापन समितिले निर्णय गरेको उनले बताए । रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने पनि उनले जानकारी दिए । दाङको राजपुर गाउँपालिका–७ स्थित हाटबास क्षेत्रमा यही वैशाख १६ गते आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका थिए । साथै वैशाख ८ र ९ गते गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ वटा घर र ५१ वटा गोठ जलेर नष्ट भएका थिए ।  

post

सूचना–प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ ः प्रधानमन्त्री

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् । उनले अब युवा लक्षित कार्यक्रम ल्याइने भन्दै सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तन कोष स्थापना गरी सोका निम्ति आवश्यक कानुनको तर्जुमा गर्ने गृहकार्य अगाडि बढाएको पनि बताए । सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु भएको बताए । उनले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास रहेको उल्लेख गरे । उनले नवप्रवर्तन कोष स्थापनासँगै आफ्नै स्वविवेक, क्षमता र पहुँचमा सूचना प्रविधिमार्फत अरबौँको आम्दानी गरिरहेका युवा वैज्ञानिकलाई प्रोत्साहित हुनुका साथै युवा पुस्तालाई देशभित्र आशा जगाउन एवं अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउन सकिने विश्वास व्यक्त गरे । उनले युवालाई लक्षित गरी अगाडि बढाइएको ‘स्टार्टअप कार्यक्रम’ लाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न...

post

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाडौं, १८ वैशाख । प्रतिनिधि सभा सदस्यमा इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । सुहाङले २७ हजार ७७२ मतसहित विजयी भए भने कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए भने माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन् । रास्वपाका लिम्बुले कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले जमानत जफत भएको छ । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । गत वर्ष भदौमा उनको निधन भएपछि रिक्त रहेको सो स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।

post

बझाङ प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

काठमाडौं, १७ बैशाख । उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभामा भएको निर्वाचनबाट नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणनामा भण्डारीले २६६ मतान्तरणसहित ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४३ प्राप्त गरेका हुन् । भण्डारीको यो जीतसँगै सुदूरपश्चिम प्रदेशसभा सदस्यको सिट सुरक्षित गरेका हुन् । को हुन् भण्डारी ? २०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ भण्डारी गाउँमा जन्मिएका दमनले २०४१ सालको एसएलसी दिएपछि अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आवद्ध भएका भण्डारी नेपाल ल क्याम्पसबाट बीएल गरेपछि बझाङ फर्किएर समाज सुधारका काममा लागेका थिए । बझाङमा लैङ्गिक हिंसाविरुद्धको अभियान समेत चलाएका उनलाई एमालेभित्र इमानदार, भद्र र शालिन व्यक्तिका रुपमा चिनिन्छ । उपनिर्वाचनको मुखमा बुबा गमाएका भण्डारी २०५४ सालमा मटेला गाविसको एमाले अध्यक्ष निर्वाचित भएका थिए । २०५५ सालमा जिल्ला कमिटी सदस्य, निर्वाचन क्षेत्र १ को क्षेत्रीय...

post

कतारका राजा आउँदा सार्वजनिक बिदा

काठमाडौं, १० वैशाख । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।  

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660