मनोरन्जन

‘तेही देउरालीमा’ बजारमा

post-img

काठमाडौं, २४ असोज । गायिका प्रेमा शेर्पा चटौतको आवाजमा ‘तेही देउरालीमा’ बोलको गीत तथा भिडियो बजारमा आएको छ । गायिका चटौतको अफिसियल युटुब च्यानलमार्फत सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सो गीतको विमोचन गरिएको थियो । सो समारोहमा नेपाल राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका अध्यक्ष दावाफिन्जो तामाङ, गायक एवं संगीतकार कर्साङ लामा, पारीजात नेपालका व्यवस्थापक लीलाराज बानिँया लगायतले गायिका शेर्पालाई सांगितीक यात्रा सफलताको शुभकामना दिएका थिए । गायिका शेर्पाको सुमधुर आवाजमा सजिएको मर्मस्पर्षी गीतको म्युजिक भिडियो विमोचन गरिएको थियो । समग्रमा उत्कृष्ट गीत बनेको र दर्शकहरुले मन पराउनेमा विश्वस्त रहेको गायक एवं संगीतकार कर्साङ लामाले बताए । गायिका शेर्पाले आफुलाई साथ सहयोग र हौसला दिनेहरुप्रति आभार प्रकट गरेकी थिइन् ।

डीएनडी तामाङको शब्द, कर्साङ लामाको संगीत र संगीत संयोजन रहेको उक्त गीतलाई पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको म्यूजिक भिडियोमा उर्मिला कार्की, कार्साङ लामा, किरण श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय समावेश गरिएको छ । सन्तोष पराजुलीको प्राविधिक सहयोगमा रामेश्वर हुमाागाईंले छांयाकन गरेको म्युजिक भिडियोलाई राजु श्रेष्ठले निर्देशन गरेका हुन । उक्त गीतमा बाल्यकालदेखिको माया र परिवारिक कारण बिछोड भएको कुरा समावेश गरिएको छ ।

हेर्नुहोस म्युजिक भिडियो 

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660