अन्तराष्ट्रिय

इजरायल भिडन्तः उद्धारको पर्खाइमा नेपाली

post-img

काठमाडौं, २२ असोज । पछिल्लो तीन दिन यता इजरायल रणभूमि बनेको छ । नेपाली समयअनुसार शनिबार बिहान मध्यपूर्वी मुलुक प्यालेस्टाइनको गाजा क्षेत्रबाट इजरायलमा अचानक आक्रमण भयो। ‘गाजा स्ट्रिप’बाट इजरायलमा १० हजार भन्दा धेरै रकेट प्रहार गरिए । स्थलमार्गबाट इजरायलमा घुसेका विद्रोही समूह हमासका सयौं लडाकुले हत्या र आतंक मच्चाए । रकेट र ठूल्ठूला बम विस्फोटका आवाजले थर्राइरहेको छ । हमला भइरहेको छ।

हमासले गरेको त्यो आक्रमणमा सयौं इजरायली नागरिक र सैनिक मारिए । २ हजारभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा १० जना नेपाली समेत छन् । एकजना नेपाली हराइरहेका छन् ।

भिडन्त अहिले पनि सकिएको छैन । अर्बौं डलर बराबरको भौतिक क्षति भइसकेको छ। जनतालाई सुरक्षा सतर्क गराउन इजरायलले साइरन प्रणाली बनाएको छ। कतैबाट बम आक्रमण हुनेबित्तिकै त्यसको प्रभाव पर्न सक्ने क्षेत्रमा ‘साइरन’ बज्छ । घरभित्र रहेकाहरु बंकर (सेल्टर) मा लुक्छन् । बाटोमा हुनेहरू बाटोमै बनाइएको बंकरमा लुक्छन् । हरेक घरमा एउटा बंकर बनेको हुनुपर्ने भवन आचारसंहितामा छ ।

घर नै ध्वस्त हुँदा पनि मानिस बाँच्न सक्नेगरी बनाइएको बंकर बनाइएको हुन्छ । रकेट आक्रमणलाई ‘आइरन डोम’ले आकाशमै निस्तेज पार्छ। मानिसको बस्ती नभएको ठाउँमा खस्न लागेको रकेटलाई समुद्र वा खाली ठाउँमा खसाइन्छ।

वैदेशिक रोजगारीका सिलसिलामा इजरायलका कृषि फर्ममा काम गर्न पनि नेपाली गएका छन् । कतिपय इजरायलमा पढ्छन् पनि । उनीहरू पनि इजरायली जस्तै युद्धको चपेटामा छन्। उनीहरूको जीउ ज्यान खतरामा छन्। उद्धार चाहिरहेका छन्। नेपालले कूटनीतिक पहलबाटै आफूहरूलाई स्वदेश फर्काओस् भन्ने आशामा छन्।

इजरायलले नेपालका दक्ष जनशक्तिका लागि प्रशिक्षण दिने काम गर्दै आएको छ। उसले सन् २००१ देखि ‘केअर गिभर’का रूपमा समेत नेपालीलाई काममा लिन थालेको हो। हाल इजरायलमा रोजगारीका सिलसिलामा करिब पाँच हजार नेपाली छन्।

 

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660