राजनीति

कटौती गरिएको समानीकरण अनुदान रकम पठाउने प्रधानमन्त्रीको प्रतिबद्धता

post-img

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारमा पठाउने समानीकरण अनुदान रकममा कटौती नगरिने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले तेस्रो किस्ता रकममा कटौती गरिएको रकम पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आगामी बजेटको तयारीका बारेमा छलफल गर्दै यस्तो प्रतिवद्धता ब्यक्त गरेका गाविस महासंघका कार्यकारी निर्देशन राजेन्द्र प्याकुरेलले बताए । मुख्यसचिव, अर्थ सचिवसँगै भएको भेटमा समानीकरण अनुदान कटौती गर्ने कार्यले परिणाम राम्रो आउँदैन भन्ने बुझिएकोले नकटाउने र नघटाउने विषयमा गम्भीर रहेको बताए । अर्थ मन्त्री वर्षमान पुन नेपाल फर्किए लगत्तै प्रकृया अगाडि बढाउन प्रधानमन्त्रीले अर्थ मन्त्रालयलाई निर्देशन समेत दिएका छन् ।

कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिले बुझाएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। यसअघि राष्ट्रिय समन्वयन समितिको पहिलो बैठकले यो समिति गठन गरेको थियो । ९ महिनापछि समितिले आफ्नो प्रतिवेदन बुझाएको हो । यो समिति प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलको नेतृत्वमा बनेको थियो।

प्रतिवेदन हस्तान्तरण कार्यक्रमको अवसरमा महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले यस विषयमा प्रधानमन्त्री, मुख्य सचिव र सचिवहरुको गम्भीर ध्यानाकर्षण गराएका थिए।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660