खेलकुद

ब्राण्ड एम्बास्डर बने कुशल भुर्तेल

post-img

काठमाडौँ, १७ बैशाख । नेपाली क्रिकेटर कुशल भुर्तेल केटीएम कन्सल्टिङ ग्रुपको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी क्रिकेटर भुर्तेललाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको हो ।

केटीएम कन्सल्टिङ ग्रुपले विभिन्न समयमा नेपाली क्रिकेट टोलीसँग विभिन्न कार्यमा समन्वय गर्दै आएको छ। सोही क्रममा भुर्तेल ग्रुपको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका हुन् । कन्सलटेन्सी र भुर्तेलबीच सोमबार एक वर्षका लागि ब्राण्ड एम्बास्डरमा सम्झौता भएको हो ।

कार्यक्रममा बोल्दै क्रिकेटर भुर्तेलले नेपालले विश्वकप खेल्न लागेको र आफू पनि सहभागी भइरहेकोमा खुसी लागेको बताए । उनले आगामी टी(२० विश्वपकप खेल्नका लागि आफू उत्साहित रहेको प्रतिक्रिया दिए । नेपालको तर्फबाट ओपनिङ ब्याटिङ गर्दै आएका भुर्तेल नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित खेलाडी समेत हुन् ।

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660