मुख्य पोस्ट

इलाम–२ : सुहाङ नेम्वाङ ५ हजार मतले अगाडि

post-img

काठमाडौं, १७ बैशाख । इलाम २ मा भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म ५० प्रतिशत अर्थात ३६ हजार ५३ मत गनिसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यहाँ कूल ६९ हजार २८७ मत खसेको थियो ।

अहिलेसम्मको मतपरिणम हेर्दा नेकपा एमालेका सुहाङ नेम्वाङको भारी मतान्तरको अग्रता कायमै छ । सुहाङको १४ हजार ६१३ भोट आउँदा उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काको खड्का ९ हजार ३११ भोट छ। दुईजनाबीच ५ हजार ३०२ मतको अन्तर छ।

तेस्रो स्थानमा रहेका डकिन्द्र थेगिमले ८ हजार ५७० र चौथो स्थानमा रास्वपाका मिलन लिम्बूले २ हजार ५७ मत प्राप्त गरेका छन् । नेकपा एसका उम्मेदवार जीतबहादुर राईको २९९ भोट छ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660