मुख्य पोस्ट

११ बजेबाट इलाम– २ को मतगणना सुरु

post-img

इलाम, १६ वैशाख । इलाम–२ फाकफोकथुम गाउँपालिकाबाट मतगणना सुरु हुँदैछ । चुलाचुली, माङसेबुङ गाउँपालिका र माइ, देउमाइ र इलाम नगरपालिकाको हुनेगरी आज बसेको सर्वदलीय बै्रठकमा सहमति भएको थियो । सर्वदलीय बैठकले विहान ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो । मतगणना शुरु हुने फाकफोकथुमको परिणाम कस्तो होला ? उम्मेदवारको ढुकढुकी बढाइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएपछि मतगणना सुरु गर्ने निर्णय भएको बताए ।

इलाम(२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोट अनुसार यो ६० प्रतिशत हो ।

इलाम(२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660