मुख्य पोस्ट

बुद्धचित्तको बोट काटेर घर अगाडि बम फेला

post-img

काभ्रे, ३० चैत । काभ्रेपलाञ्चोकमा बुद्धचित्तको बोट काटेर एक घरमा चारवटा सकेट बम राखेको फेला परेको छ ।

शुक्रबार बिहान करिब १ बजे रोशी गाउँपालिका वडा नम्बर ५ नागबेलीस्थित ठाकुरानी तामाङको बारीमा रहेको बुद्धचित्तको बोट काटिएको र अज्ञात समूहले घरको बाहिर बम राखेको फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेर थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ ।

बुद्धचित्त मालाको बोट १५÷२० जनाको अपरिचित समूह आई काटेको हो । बोट काटिएको स्थानमै, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुद्धचित्त पनि भनिने बोधिचित्तको फल बौद्ध धर्मावलम्बीहरुले जप्ने मालामा प्रयोग हुने गर्दछ । यो महँगो मूल्यमा बिक्री हुने गरेको छ ।

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660