खेलकुद

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालको सानदार जित

post-img

काठमाडौं, २२ बैशाख । पाँच खेलको टी– २० सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ का विरूद्द ६ विकेटले जित हासिल गरेको छ । उसाेतः  यसअघिका तीन खेलमा लगातार हार व्यहोरेको नेपालले  पहिलाे र अन्तिम खेल भने जितेकाे हाे ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अाज भएकाे खेलमा १७३ रनको लक्ष्य पछ्याएको नेपालले ७ बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गर्‍यो। पहिला टस जित्दै ब्याटिङ गरेको वेस्टइन्डिजले ७ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

नेपालका लागि आशिफ शेख र अनिल साहले अर्धशतक प्रहार गरेका छन्। साहले ४५ बलमा ५८ रन बनाए भने शेखले ३५ बलमा ५१ रन बनाए।

यस्तै कुशल मल्लले पनि आक्रामक ब्याटिङ गर्दै खेल फिनिस गरे। मल्लले मात्र १८ बलमा ३ छक्का र ३ चौकाको सहयोगमा ३७ रनको नटआउट पारी खेले। दिपेन्द्र सिंह ऐरीले ५ तथा कुशल भुर्तेलले १३ रन जोडे। बलिङ तर्फ वेस्टइन्डिजका ओवेद मकोयले ३ र माथ्यू फोर्डले एक विकेट लिए ।

वेष्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जले सर्वाधिक रन बनाए । अथान्जे ३५ रनमा अविजित रहे। रोस्टन चासेले ३३ र जोनसन चाल्र्सले २४ रन बनाएर आउट भए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।

बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले ३ – ३ विकेट लिए। सोमपालले एकैओभरमा दुई विकेट लिएको थियो। अभिनाश बोहोराले एक विकेट लिए ।

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660