मुख्य पोस्ट

राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयो : लिङदेन

post-img

काठमाडौं, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको टिप्पणी गरेका छन् । उनले राजनीतिमा भएको विकृतिका कारण राजनीति भन्ने बित्तिकै मानिसहरू डराउने अवस्था सिर्जना भएको उल्लेख गरे ।

बिहीबार काठमाडौँमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो टिप्पणी गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष लिङ्देनले गंगादेवीको राजनीतिक यात्राको चर्चा गर्दै राजनीति भन्ने बित्तिकै मान्छे डराउन बेलामा गंगादेवीराजनीतिलाई पेसा नभइ सेवाको रूपमा अवलम्बन गरेको स्मरण गरे । तर यतिबेला राजनीतिमा भएको विकृतिले राजनीति भन्ने बित्तिकै मान्छेहरुले ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेसा जस्तो मानिराखेको टिप्पणी गरे ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660