खेलकुद

क्वाटरफाइनलमा भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

post-img

हान्झाउ, १६ असोज । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलको खेलमा नेपाल भारतसँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको हो ।

हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेट गुमाएर १७९ रन मात्र बनाउन सफल बन्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२, कुशल मल्ल र सन्दीप जोराले २९–२९, कुशल भुर्तेलले २८, करण केसीले १८ र आशिफ शेखले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि रवि विश्नोई र अभेष खानले तीन–तीन विकेट लिए । अर्शदीप सिंहले दुई र साई किशोरले एक विकेट लिएका थिए ।

नेपालले बलिङमा अन्तिम ओभरमा २५ रन खर्चिएको थियो । त्यो महँगो ओभरमा मात्रै भारतका रिंकु सिंहले दुई चौका र दुई छक्का हानेका थिए । भारतका लागि यशस्वी जैसवालले शतक बनाएका थिए। त्यस्तै, रिंकु सिंहले ३७, शिभम दुवेले २५, रुतुराज गायकवाड २५, जितेश शर्माले पाँच र तिलक बर्माले दुई रन बनाए।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी र सन्दीप लामिछानेले एक(एक विकेट लिए।

यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ।

 

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660