खेलकुद

कुशल मल्लको विश्वकीर्तिमान

post-img

असोज १०, काठमाडौं । टी–२० अन्तर्राष्ट्रियमा नेपाली ब्याटर कुशल मल्लले विश्वकीर्तिमान रचेका छन् । सबैभन्दा छिटो शतक प्रहार गरेर मल्लले विश्वकिर्तिमान रचेका हुन् ।

१९औं एशियाली खेलकूद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा बुधबार मंगोलिया विरुद्धको खेलमा मल्लले ३४ बलमा शतक बनाएका हुन् । उनले २९७ को स्ट्राइक रेटमा ३४ बलमा १०१ रन बनाएका हुन् । ईएसपीएन क्रिकइन्फोका अनुसार यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रम शेखरले टी(२० अन्तर्राष्ट्रिय खेलमा ३५ बलमा शतक बनाएका थिए।
मङ्गोलियाले टस जितेर पहिले फील्डिङ रोजेको थियो ।

मैदानमा गएका नेपाली ब्याटरहरूले २० ओभरमा ३१४ रन बनाए । सो रन पनि टी–ट्वेन्टी खेलमा नयाँ विश्वकीर्तिमान नै हो । पाँचौ ओभरमा ओपनर आशिफ शेख आउट भएपछि कुशल मल्ललाई तेस्रो नम्बरमा पठाइएको थियो ।नेपालका पूर्वकप्तान पारस खड्काले २०१९ मा सिङ्गापुरविरुद्ध ४९ बलमा अर्धशतक बनाएका थिए।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्स विरुद्ध खेल्नेछ । यो समूहमा शीर्षस्थानमा रहन सके नेपाल क्वार्टरफाइनलमा प्रवेश गर्नेछ।

क्वार्टरफाइनलमा भने नेपालले भारत, बाङ्लादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमध्ये एउटा टोलीसँग खेल्नेछ। पाँच वटै देशले एकदिवसीय विश्वकप प्रतियोगिताका कारण आफ्नो दोस्रो टोली एशियाली खेलकूदमा सहभागिताका लागि पठाएका छन् ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660