खेलकुद

यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनौट

post-img

वैशाख १९, काठमाडौं । नेपालले यूएईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपको उपाधि जितेको छ । मंगलबार भएको खेलमा जित हासिल गरेसँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।

यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा जम्मा ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।

आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६÷९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी रहेको एक विकेट गुमाएर अलआउट भयो । सबै विकेट गुमाएको युएईले जम्मा ११७ रन बनाउन सक्यो ।

११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए, जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो । तेस्रो नम्बरमा गुल्शन झा ब्याटिङका लागि गए । उनीसँग १८ रनको साझेदारी गरेका आसिफ शेख (८) सातौं ओभरको पहिलो बलमै आउट भए ।

कप्तान रोहितकुमार पौडेल आउट भएपछि नेपाल केही दबाबमा परेको थियो । तर गुल्शनले भीम सार्कीसँग मिलेर नेपाललाई जिताए । दुवैले चौथो विकेटका लागि अविजित ९६ रनको साझेदारी गरे । ८४ बलको सामना गरेका गुल्शनले तीन चौका र ६ छक्का हाने । ७२ बलमा अविजित ३६ रन बनाएका भीमले पनि चार चौका हानेका थिए ।

एसिया कपमा स्थान बनाएको नेपाल समूह एमा परेको छ । यो समूहमा भारत र पाकिस्तान रहेका छन् । यो जितसँगै नेपालले क्रिकेटका शक्तिशाली राष्ट्र भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660