खेलकुद

फ्रान्सले उपाधिका लागि विश्वकपको फाइलनमा अर्जेन्टिनासँग आइतबार खेल्ने

post-img

मंसिर २९, काठमाडौं । साविक विजेता फ्रान्स कतारमा जारी २२ औं विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनासँगको भेट पक्का गरेको हो ।

यसअघि अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई मंगलबार राती भएको पहिलो सेमिफाइनलमा ३–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । अर्जेन्टिना ८ वर्षअघि ब्राजिलमा भएको २० औं विश्वकपमा फाइनलमा पुगेको थियो । त्यतिबेला जर्मनीसँग अतिरिक्त समयको २३ मिनेटपछि (११३ मिनेट)मा गोल खाएपछि उपविजेतामै सिमित भएको थियो ।

यसपटक फाइनल पुगेका दुवै टोली अर्जेन्टिना र फ्रान्सले यसअघि दुई÷दुई पटक विश्वकपको उपाजि जितिसकेका छन् । यसपटक जसले जितेपनि तेस्रो पटक हुनेछ । यो बाहेक यी दुई देशको खेलमा पनि यसपटक उस्तैउस्तै नियति रहेको छ । समूह चरणमा यी दुवै देशले एक÷एक खेल हारेका थिए । उता सेमिफाइनलसम्म आउँदा अपराजित रहेका क्रोएसिया र मोरक्को भने पराजित भएर विश्वकप जित्ने अभियानबाट बाहिर निस्कन बाध्य भए । अब यी दुई टोलीले शनिबार तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् भने अर्जेन्टिना र फ्रान्सबीच आगामी आइतबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल लुसेल आएकोनिक स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660