खेलकुद

निरन्तरको मिहिनेतले स्वर्ण पदक जित्न सफल भैयोः श्रेष्ठ

post-img

काठमाडौं । रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा नम्बर ५ सिमटार घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा बसोबास गरी बिगत सात आठ बर्षदेखी तेक्वान्डो खेलमा क्रियाशील मनोज श्रेष्ठले स्वर्ण पदक जित्नु भएको छ । श्रेष्ठले मलेसियामा आयोजित मलेसियन ओपन तेक्वान्डो प्रतियोगितामा पुरुष ५८ के जी मुनी तौल समुहमा प्रतिस्पर्धा गर्दै श्रेष्ठले स्वर्ण पदक जित्नु भएको हो ।

स्वर्ण पदक विजेता श्रेष्ठ सोमबार स्वदेश फर्कनु भयो । सो अबसरमा श्रेष्ठलाई सम्मान गर्न श्रेष्ठका तेक्वान्डो प्रशिक्षक अशोक खड्का, श्रेष्ठका अभिभावक तथा सामाजिक, राजनीतिक अभियन्ता लोकबहादुर श्रेष्ठ समेत परिवारजन, आफन्तजन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानु भएको थियो ।

सो अबसरमा खेलाडी श्रेष्ठलाई सम्मान गर्दै लोकबहादुर श्रेष्ठले मनोजको जित मनोज आफ्नै र परिवारको मात्रै नभएर सिङगो नेपालको जित भएको बताउनु भयो । उहाँले खेलाडीहरुलाई हरेक तबरले हौसला दिनु पर्ने बताउदै नेपाली खेलाडीलाई ओलम्पीकमा प्रतिस्पर्धा गर्न सक्ने बताउनु राज्यको दायित्व हुनु पर्नेमा जोड दिनु भयो सो अबसरमा प्रशिक्षक खड्का र खेलाडी श्रेष्ठले कडा मिहिनेतका साथ स्वर्ण पदक जित्न सफल भएको र यो जितले नेपालकै खेल क्षेत्रमा योगदान पुर्‍याएको बताउनु भयो ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660