विचार

योनीबाट बगेको रगतको बाध्यता र त्यसमा लत्पतिएको राजनीति

post-img

महिनावारी, शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो महिलाको गर्भाशयको भित्री अस्तर रगत र उक्तक योनीबाट निष्कासन हुने प्रक्रिया हो । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ, कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ ।
महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी अब आमा बन्न तयार छिन् भन्ने संकेत पनि हो ।

महिनावारी हुँदा शारीरिक सरसफाईमा विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ । सरसफाई कै लागि भनी हामी अहिले स्याटरी प्याडको प्रयोग गर्दै आएका छौँ । कतिपय ग्रामिण क्षेत्रका महिलाहरु अझै पनि फोहोर कपडा नै प्रयोग गर्दै आएका छन् । कतिपय महिलाहरुलाई प्याडको प्रयोग गर्नुपर्छ भन्ने थाहा त छ तर आर्थिक अभाव कै कारण प्याडको प्रयोग गर्न चाहँदा चाहँदै पनि यसबाट वञ्चित भएका छन् ।

साधारण्तया हामी न्यूनतम ७० पर्ने प्याड प्रयोग गर्दै आएका छौँ । एकपटक महिनावारी हुँदा हामीलाई लगभग २ प्याकेट प्याडको आवश्यक पर्छ । अझ हेभी ब्लीडिङ हुने महिलाहरुलाई भने ७० रुपैयाँको प्याडले समेत धान्दैन । यी सबै कुरालाई मध्यनजर गर्ने हो भने अहिले पनि कतिपय महिलाहरुलाई महिनौँ प्याड प्रयोग गर्न गाह्रै छ ।

सरकारले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याएपछि बजारमा स्यानिटरी प्याडको मूल्य बढ्यो । खुद्रा व्यापारीहरुले सरकारले कर बढाएको भन्दै मूल्य बढाएर मनपरि चलाए । अहिले जताततै प्याडको मूल्य वृद्धि भएको खबरसँगै महिलाहरुको महिनावारीलाई भने सरकारले मजाक उडाएको हो की भन्ने आकंलन गर्न सकिन्छ ।

अर्थ मन्त्रालयले भने कर बढाएको भन्ने हल्ला भ्रामक भएको र तथ्यपरक अध्ययन नगरी वा जानीजानी गलत हल्ला फैलाएर नकारात्मक सन्देश प्रवाह गर्न खोजिएको बताएको छ । तर सरकारले प्रतिस्थापन विधेयक ल्याएको मौका छोपेर व्यवसायीहरुले मूल्य बढाएको कुरा भने यथार्थ हो । व्यवसायीहरुले मनपरीतन्त्र चलाउँदा पनि सरकार भने मौन छ । सकेसम्म निशूल्क वितरण गर्नुपर्ने प्याडलाई झनै मूल्य वृद्धि गराएर महिनावारीलाई विजनेस बनाउन खोज्नुले सरकारको अभिभावकत्व प्रति नै शंका पैदा भएको छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660