विचार

बाल दिवसको शुभकामना पाँउला भनेर आस गरेको, कतैबाट सुन्न पाइएन

post-img

भदौ २९, काठमाडौं । आज भदौ २९ गते, बाल दिवस । बिहान देखि मलाई कसैले बालदिवसको शुभकामना प्रदान गर्नुहोला कि भन्ने आस थियो र दिन भरि पर्खेर बसिरहे तर कसैले शुभकामना व्यक्त गर्नुभएन । आमा बाबालाई बिहान केही बिर्सनु भयो भनेर भनेको त थिए तर उहाँहरुलाई आज बाल दिवस हो भन्ने हेक्का रहेन । किशोर अवस्थाको मस्तिष्कले पनि यस्तो सोच्छ । केही विशेष दिन छ भने त्यसको शुभासिष पाईऐला कि भन्ने आस हुन्छ र यो उमेरमा त्यसो हुनु पनि स्वभाविक हो । हामीले हाम्रो अभिभावक मान्ने थुपै्र व्यक्ति हुनुहुन्छ र उहाँलाई म आदर सम्मान पनि गर्छु ।

आफूले एस.ई.र्इं. दिएको विद्यालयका शिक्षकहरुबाट यस विशेष दिनको शुभकामना व्यक्त गर्नुहुन्छ कि भन्ने मनमा परेको थियो तर उहाँहरुको व्यस्तताका कारण बिर्सनु भएको हुन सक्छ । हुन त विद्यालय छोडेर गईसकियो, त्यही पनि हामी विद्यार्थी र शिक्षक बिच यति शिष्टता थियो कि हामी एकै परिवारको जस्तो आत्मियतामा रमाएका थियौं । उहाँहरुलाई यहि लेखबाट धेरै सम्झिरहेको छु ।

विशेष कारणले गर्दा शुभकामना दिन मेरा आदणर्िय व्यक्तिहरुले विर्सनु भएको हुन सक्छ तर म विश्वस्त छु कि मेरा आदणर्िय व्यक्तिहरुले मलाई हरदम आशिर्वाद दिइरहनु भएको हुन्छ । विजय

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660