विचार

राजनीतिप्रति किन जाग्दैछ नेपाली जनताको वितृष्णा ?

post-img

विगतदेखि आजसम्म हेर्दा थुप्रै व्यवस्थाहरु परिवर्तन हुँदै आएको छ । कहिले राणा शासन विरुद्ध, कहिले पञ्चायत कालको तीस बर्षे निरंकुश राजतन्त्रका विरुद्ध लडाई लड्दै नेपाली जनताले आज संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गरेका छन् । नेपालमा संघीय लोकतान्त्रिक व्यवस्था प्राप्तिको लागि ७० वर्षभन्दा लामो समय संघर्ष गर्नुपरेको छ । यिनै संघर्षका क्रममा हजारौं हजार सहिदहरुको बलिदानी भएको छ । तिनै सहिदहरुको बलिदानबाट प्राप्त पहिचान सहितको संघीयता, संघीयतासहितको संविधानको स्थापना भएको गणतान्त्रिक व्यवस्था पनि जनताले सोचेजस्तो भएको छैन ।

नेपालमा हालसम्म जति पनि परिवर्तन भयो, त्यसले जनताको जीवनस्तरमा खासै परिवर्तन ल्याउन सकेन । परिवर्तनका निम्ति लडेका र जनताप्रति समर्पित भएको दावी गर्ने शक्तिहरुले नै देश र जनताप्रतिको जिम्मेवारी पूरा गर्न सकेनन् । आज कुनै पनि त्यस्तो पार्टी र पार्टीका नेताहरु देखिएनन् जसले जनताको जीवनस्तर परिवर्तनमा आफूलाई केन्द्रविन्दूमा राखेका हुन् । त्यसैले नेपाली जनताहरुमा राजनीतिप्रति नै घृणा जागेर आइरहेको स्पष्ट देखिन्छ ।

नेपाली जनताले गरेको संघर्षको फलस्वरुप आजसम्म जे जति परिवर्तन भए, ती सबै परिवर्तनपछि शासनसत्तामा पुगेका व्यक्तिहरुले आफ्नो स्वार्थ अनुकूल प्रयोग गरे । त्यसो हुँदा व्यवस्था फेरिएपनि जनताको जनताको जीवनस्तरमा तात्विक भिन्नता आउन सकेन ।

राणा शासनको विरुद्ध संघर्ष गरेदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म नेपाली जनताले सात दशक लामो सघर्ष गरे । यो अवधिमा राजनीतिक परिवर्तन नभएका होइनन्, जनताको मतबाट सरकारमा पुगेका दलहरु नेपाली कांग्रेस होस वा नेपाल कम्युनिष्ट पार्टीहरु हुन तिनीहरु कसैले पनि पूरा अवधि सरकार चलाउन सकेनन् । त्यसको मूल कारण ती दलभित्रैको आन्तरिक कचिंगल पनि मूल कारण हो ।

२००७ सालदेखि आजसम्म आउँदा एक पक्ष सरकारमा जाने र अर्को पक्षले सरकार कसरी ढाल्ने, आफू कसरी पुन सत्तामा जान सकिन्छ भन्ने कार्यमा समेत व्यस्त रहे । त्यसका निम्ति नियम कानुनको व्याख्या पनि आफू अनुकूल गर्दै आएका छन् । आफू सत्ताम जाँदा लोकतान्त्रिक वा प्रगतिशील हुने, अर्को सत्तामा गए प्रतिगमन वा निरंकुश हुने भन्ने तर्क पनि गर्दै आएका छन् । यो सर्वथा गलत चिन्तन हो ।

नेपाल प्राकृतिक रुपमा स्रोत र साधनले भरिपूणर् मुलुक हो । तर यहाँका शासक प्रशासकहरुले त्यसको समुचित प्रयोग गर्न नसक्दा देश गरिवी र बेरोजगारीको चपेटामा पर्न बाध्य भएको छ । त्यसैले हाम्रो मुलुकमा रहेका लाखौ युवाहरु रोजगारीका निम्ति विदेशिन बाध्य भएका छन् । लाखौलाख दक्ष जनशक्तिहरु कामको खोजी गर्दै भौतारिदै हिँडनु परेको छ । आफ्नो जमिन बाँझो राखेर भारतलगायत छिमेकी देशबाट चामल, दाल, तेल, तरकारी लगायतका खाद्य वाली किनेर खानु परेको छ । अनि कसरी हुन्छ देश समृद्ध ?

नेपाल कृषिमा मात्रै होइन, जल, जंगल र जमिनमा पनि धनी मुलुक हो । नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी मुलुक हो । तर हामी अहिले पनि लोडसेडिङको मार खेप्न बाध्य छौं । नेपालका जंगलमा पाइने जडिबुटीको मात्रै सही सदूपयोग गर्न सक्ने हो भने यहाँका युवाहरुलाई रोजगारीको लागि विदेश जानुपर्ने आवश्यकता नै छैन । यस अर्थमा भन्ने हो भने नेपाल आर्थिक रुपमा सम्पन्न र धनी मुलुक हो । त्यसको सही सदुपयोग गर्नसक्ने नेतृत्वको मात्रै खाँचो हो ।

प्राकृतिक सुन्दरताले यति सम्पन्न मुलुक विश्वमा कहीँ पनि छैन । हामीसँग संसारको अग्लो हिमाल सगरमाथादेखि उच्च पहाडी भूभाग र समथर तराईका मैदान छन् । हिमालबाट कलकल बग्ने पानीको मात्रै सदूपयोग गर्ने हो भने नेपाल विश्वकै आर्थिक सम्पन्न मुलुक बन्ने छ । तराईको उब्जाउ फाँटमा कृषि उत्पादन गर्ने हो भने नेपालले खाद्य बालीमा आफू आत्मनिर्भर मात्रै हुने होइन, ठूलो परिणाममा निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्न सक्छ । तर यहाँका शासकहरुको ध्यान जनताको आर्थिक अवस्था उकास्नेतिर कहिल्यै गएन । जनतालाई गरिवीको रेखामुनि पार्न पाए सँधै आफूहरु शासनसत्ताको मोजमस्तीमा डुबुल्की मार्न सकिन्छ भन्ने राजनैतिक नेतृत्वका मनोदशा देखिएकै कारण नेपाली जनतालाई पछिल्लो समय राजनीतिप्रति नै वितृष्णा जाग्दै गइरहेको छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660