विचार

हाम्रो सोच कमजोर कि सामुदायिक विद्यालयका शिक्षकहरु ?

post-img

 

केही दिन अघि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो, त्यो भिडियो मेरो फेसबुकको वालसम्म आइपुग्यो । प्रसंग थियो एउटी सोझी सामुदायिक विद्यालयकी शिक्षिकाले अपहेलना खेपेको । एकाइसौँ शताब्दीमा कुनै विषयको बारेमा ज्ञान बाढिरहेको शिक्षकलाई आफूले पढाउने विषयको spelling नआउनु दुःखद् कुरा हो तर त्यो पछाडिको कारण हामीलाई थाहा नहुन सक्छ । उनलाई spelling आएन भनेर हाँस्नु भन्दा किन आएन भन्ने कुरालाई बुझ्नु जरुरी जस्तो मलाई लाग्छ । के थाहा ती शिक्षिकालाई क्यामराको अगाडि बोल्न डर पो लागेको थियो कि ? तर सरोकारवाला निकाय नभइकन यस्तो हर्कत गर्दा मेरो विचारमा देशभरिका सामुदायिक विद्यालयको शिक्षक-शिक्षिकाहरुको अपहेलना भएको ठान्दछु ।

 

हामीहरुले कतिपय कुरा सही ढंगले गरिरहेका हुन्छौँ तर पनि हामीले गरिरहेको कुराको विस्तृत जानकारी हामीसँग नहुन सक्छ । हाम्रो घरमै पनि आमा बुबालाई अङ्गे्रजी नआउन सक्छ । कतिपयलाई बोलीचालीको भाषा आउने तर spelling नआउने पनि हुन सक्छ । त्यस्तै उहाँहरुले धेरै संघर्ष गर्नु भएको हुन्छ र त्यसलाई गहनरुपले बुझ्नु भएको हुन्छ तर के संघर्षलाई अङ्गे्रजीमा उल्था गर्न नसक्दा लज्जित बनाउनु पर्ने हो र ?

मेरो विचारमा यस विषयमा नेपाल सरकारको ध्यानाकर्षण हुन जरुरी छ । सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न पुराना र अनुभव भएका तर बदलिँदो परिवेश अनुसार बालबालिकाहरुलाई प्रविधियुक्त शिक्षा दिन नसक्ने सम्मानित पुस्ताहरुलाई इमान र सम्मानका साथ अवकास प्रदान गर्ने र प्रविधिमैत्री शिक्षामा जानकार पुस्ताहरुलाई नियुक्ति गर्न जरुरी छ । अन्यथा आउँदा दिनहरुमा समेत सामुदायिक विद्यालयका शिक्षकहरुले यस्तो परिस्थित सहन बाध्य हुुनुपर्नेछ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660