विचार

नेपालको राजनीति अस्थिरता र वर्तमान अबस्था

post-img

नेपालमा २००७ साल फाल्गुन ७ गते राणा शासन अन्त्य भएसँगै प्रजान्त्रिक युग सुरुवात भएको थियो । उक्त ऐतिहासिक घटनाको झण्डै दस दिनपछि (२००७ साल फागुन १७ गते) अन्तरिम शासन विधान २००७ घोषणा भयो । २००८ साल फागुन २६ गते प्रधानमन्त्री मोहन शमशेर राणाले प्रधानमन्त्रीबाट राजीनामा दिए । त्यसयता मातृका प्रसाद कोइराला लगायत अन्य विभिन्न व्यक्तिहरुको नेतृत्वमा सरकार बन्यो । प्रजातन्त्र प्राप्तिसँगै संविधानसभाको निर्वाचनमार्फत नयाँ संविधान जारी गर्ने भनेपनि संविधानसभाको निर्वाचन हुन सकेन । बरु बल्लतल्ल २०१५ सालमा संसदीय निर्वाचन भयो ।

२०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत प्राप्त ग¥यो । कांग्रेस नेता वीपी कोइरालाले सरकारको नेतृत्व गरे । उक्त निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले चार स्थानमा विजय हासिल गरेको थियो । तर कांग्रेसभित्र देखिएको अन्तरसंघर्षका कारण जननिर्वाचित सरकारले डेड वर्ष पनि राम्रोसँग काम गर्न पाएन । कांग्रेसभित्रको अन्तरकलह टुंगिने अवस्था नभएपछि राजा महेन्द्रले वीपी कोइराला नेतृत्वको सरकार २०१७ साल पुस १ गते अपदस्त गर्न पुगे । त्यसपछि वीपी कोइरालालगायत कांग्रेसका अधिकांश नेताहरु बन्दी बनाइए । मुलुकमा पञ्चायती व्यवस्था स्थापना भयो ।

राजा महेन्द्रले व्यवस्थामाथि नै ‘कू’ गरेपछि राजनीतिक दलहरु प्रतिबन्धित भए । प्रतिवन्धकै बीच संघर्ष जारी रह्यो । नेपाली कांग्रेस र नेकपाका विभिन्न घटकहरु मिलेर २०४६ सालमा संयुक्त जनआन्दोलन घोषणा भयो । सोही आन्दोलनकै कारण नेपालमा बहुदलीय व्यवस्था पुनस्र्थापना भयो । त्यसपछि २०४७ साल कार्तिक २३ गते नयाँ संविधान घोषणा पुन नयाँ संविधान जारी भयो । बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि २०४८ सालमा सम्पन्न आम निर्वाचनबाट फेरि कांग्रेसले बहुमत प्राप्त ग¥यो । अन्तरिम सरकारका प्रधानमन्त्री एवं कांग्रेस सभापति कृष्णप्रसाद भट्टराई निर्वाचनमा पराजित भएपछि कांग्रेस नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएसँगै नेपालको इतिहासमा एउटै बाबुका तीन छोराहरु प्रधानमन्त्री बन्ने इतिहास कायम भयो । तर गिरिजाप्रसाद कोइरालाले पनि पूर्ण अवधि सरकार सञ्चालन गर्न सकेनन् । कांग्रेसभित्र देखिएको अन्तरकलहकै कारण कोइरालाले मध्यावधि निर्वाचन घोषणा गरे । २०५१ साल कार्तिकका मध्यावधि निर्वाचन भयो । यो निर्वाचनमा कुनै पनि पार्टीले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपनि नेकपा एमाले सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएर एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गर्न पुग्यो ।

त्यसयता राजनीतिमा नयाँनयाँ घटनाक्रमहरु देखा परे । मनमोहन अधिकारीले ९ महिना सरकार चलाएपछि मध्यावधि निर्वाचनको सिफारिस गरे । तर सर्वोच्च अदालतले अधिकारीको उक्त निर्णयलाई उल्ट्याउँदै संसद पुनस्र्थापना ग¥यो । त्यही बेलादेखि संसद किनबेचका नयाँ शृंखला सुरु भए । उक्त शृंखला अद्यावधि कायमै छ ।
यता संसदीय व्यवस्था असफलजस्तै भइरहेको थियो । यही अवस्थामा तत्कालिन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा ग¥यो । जनयुद्धले एकपछि अर्को उचाई प्राप्त गरिरहेकै बेला २०५८ साल जेठ १९ गते दरबार हत्यकाण्ड भयो । उक्त घटनापछि नेपालमा परम्परागत रुपमा चल्दै आएको राजतन्त्र अन्त्य भयो । घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसमेतको हत्या भयो । यद्यपि राजाका भाई ज्ञानेन्द्र शाहलाई राजा घोषणा गरियो । त्यसयता पनि अनेकौ घटनाक्रमहरु जारी रहे ।

एकातिर माओवादी जनयुद्ध उत्कर्षतिर अगाडि बढिरहेको थियो भने अर्कातिर राजनीतिक दलहरु अकर्मन्यताको शिकार भइरहेका थिए । यही मेसोमा २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रद्धारा संसदीय व्यवस्थामाथि फेरि ‘कू’ गर्न पुगे । त्यसयता भने बल्ल संसदीय राजनीतिमा क्रियाशील राजनीतिक दल र जनयुद्ध सञ्चालन गरिरहेको माओवादीबीच १२ बुँदे सहमति भएर संयुक्त जनआन्दोलन भयो । त्यही जनआन्दोलनकै उपलब्धिका रुपमा संविधानसभाको निर्वाचन, राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना लगायतका घटनाक्रम भइरहेका छन् । अहिले हामी संविधानसभाबाट संघीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भयो । राष्ट्रपति डा. रामवरण यादव २०७२ साल असोज ३ गते नयाँ संविधान जारी गर्नुभयो ।

संविधान जारी हुनु अगाडि दलहरुबीच यस्तै खाले अनेकता थियो । तर नेपालमा २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण राजनीतिक दलहरु एकतावद्ध भए र नयाँ संविधान जारी गर्न पुगे । संविधान त जारी भयो । तर असन्तुष्ट पक्षले संविधान अस्वीकार ग¥यो । हाम्रो छिमेकी मुलुक भारत समेत नेपालको संविधानप्रति असन्तुष्ट हुँदै नेपालमाथि आर्थिक नाकाबन्दी लगायो । भारतीय पक्षबाट लगाइएको नाकाबन्दीका कारण नेपाली जनजीवन कष्टकर बन्न पुग्यो ।

नेपाली राजनीतिमा अनेकौं घटनाक्रमहरु हुँदै जाँदा देशका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने उद्देश्यका साथ चुनावी गठबन्धन भयो । जनताले झण्डैझण्डै दुई तिहाई बहुमत प्राप्त भयो । जनताले कम्युनिष्टलाई विश्वास गरे । निर्वाचन परिणामपछि केपी शर्मा ओली प्रधानमन्त्री बने । तर पार्टी एकताको तीन वर्ष पुग्दा नपुग्दै एकता भंग भयो । जनताको आशा निरााशामा परिणत भयो । अहिले विश्व कोरोना संक्रमणको महामारीको सामना गरिरहेको छ । जनताले आशा र भरोसा गरेका राजनीतिक पार्टीहरुले तमासा देखाइरहेका छन् । यस्तो तमासा नेपाली जनताले कहिलेसम्म हेर्नुपर्ने कुनै टुंगो छैन ।

लेखक जनता आधारभूत विद्यालय दोरम्वा–६ रामेछापका शिक्षक हुनुहुन्छ ।

 

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660