विचार

चुरेमा पोखिएको राष्ट्रवाद

post-img

नेपालको चुरे अर्थात् शिवाङिक पर्वत नामले चिनिने चुरे पर्वत, पश्मिमा पाकिस्तानको इन्दुस नदीदेखि नेपाल हुँदै पूर्वमा भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको हिमालय पर्वत श्रृंखला हो । यस पर्वतको बनावट नदीजन्य पदार्थ गेगर, बालुवा, गिटी भौगर्भिक दरारबाट बनेको अनुमान गरिएको छ । नेपालको पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ जिल्लामा झण्डै ८ सय किलोमिटर अर्थात् नेपालको कुल भू–भागको १२.७८ प्रतिशत चुरे क्षेत्रले ओगटेको छ । यस क्षेत्रको भू–बनावट खुकुलो पत्रे चटान र बालुवायुक्त माटोले बनेको छ भने महाभारतबाट बग्ने भएकोले प्राकृतिक रुपमा अति संवेदनशील रहेको छ ।


चुरेसँगै जोडिएको तथा चुरेको फेदीमा रहेको चुरे बाटोका ढुङ्गा, गिटी र बालुवाले बनेको समथर भू–भागलाई भावर प्रदेश भनिन्छ । यस क्षेत्रलाई तराईको भूमिगत जल भण्डारको रुपमा चिनिन्छ । साथै भावर क्षेत्र तराई मधेसको बीचको बरफ क्षेत्रको रुपमा रहेको छ । र, देशकै झण्डै ५० प्रतिशत जनता उक्त पानीमा आश्रित रहेका र नेपालको ८० प्रतिशत भन्दा बढि खाद्यान्नको भण्डारलाई उक्त पानीले सिँचाइ सेवा उपलव्ध गराएको छ । चुरे क्षेत्रमा करिव १ हजार ५७० प्रजातिका बिरुवा, बाघ, हात्ती, गैडाजस्ता दुर्लभ वन्यजन्तुहरुको जैविक मार्ग पनि हो । चुरे क्षेत्रमा करिब ९५ लाख वर्ष पुराना ऐतिहासिक वन्यजन्तुका अवशेषहरु रहेको अनुमान गर्न सकिन्छ । यस्तो महत्वपूर्ण भूमि भएको क्षेत्रमा गिटी , बालुवा, ढुङ्गा बेच्ने हो भने तत्कालका लागि नेपालका लागि फाइदा होला तर भविष्यमा भने खाद्यान्न भण्डारण मानिने तराई मरुभूमिमा परिणत हुनेछ ।


अहिले पनि धेरैजसो खाद्यान्न भारतबाट ल्याउनुपर्छ भने त्यो बेला नेपाल र नेपालीको अवस्था कस्तो होला कल्पना पनि गर्न सकिन्न । यो कार्यले केही ठेकेदार, भ्रष्टहरुका लागि राम्रै आम्दानी हुन्छ होला । तर पछि धेरै नेपाली रुँदै–रुँदै बस्नु पर्नेछ । र नेपाल देश खाद्यान्नका लागि भारतको गुलामी बन्नुपर्ने छ । हिजो महाकाली सन्धी गर्दा दुवै देशका लागि फाइदै–फाइदा छ भन्नेहरु आज फेरि चुरे पर्वतको गिटी, बालुवा, ढुङ्गा बेचेर समृद्ध नेपाल बनाउन र सत्ता टिकाउन लागि परेको छ । यो धेरै नै चिन्ता को विषय हो । तपाईको यो पार्टीका लागि नाकबन्दीका बेला म झुक्दिन भन्ने तपाईको राष्ट्रवाद, नगरिकताको विषयको राष्ट्रवाद एकपछि अर्को छरपष्ट भई पोखिएको छ । अझै पनि समय छ सबैले आफ्नो तह र तप्काबाट खबरदारी गरौ, राष्ट्र राष्ट्रियताका विषयमा गम्भीर बनौ । चुरे क्षेत्रको सम्पदा आज देशको निम्ति आज, भोलि र भविष्यको निम्ति पनि बचाऔं ।

लेखक जनता आधारभूत विद्यालय, दोरम्वा ६ लखनपुरका शिक्षक हुन् ।

 

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660