समाचार

डेंगु सङ्क्रमित ह्वात्तै बढे

post-img

काठमाडौं, २३ असोज । नेपालमा डेंगु सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो दुई दिनमा १५ सय बढी सङ्क्रमित भएका छन् ।

हालसम्म ३६ हजार ७४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)ले जनाएको छ । जबकी दुई दिन अघि ईडीसीडीले प्रकाशन गरेको तथ्याङ्कमा सङ्क्रमित सङ्ख्या ३५ हजार २२३ जना सङ्क्रमित थिए । हालसम्म डेंगु संक्रमणबाट २० जनाको मृत्यु भएको छ । हालसम्म नेपालका ७६ जिल्लामा संक्रमण फैलिएको छ ।

सङ्क्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरीमा १६ हजार ९५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने दोस्रोमा तनहुँ जिल्लामा ३ हजार ७१० जना सङ्क्रमित फेला परेको महाशाखाले जनाएको छ । त्यस्तै तेस्रोमा झापा ३ हजार ५७१ हजार, धादिङमा ३ हजार १२९ जनामा सङ्क्रमण भएको छ । मोरङ २ हजार २७३ जना सङ्क्रमित हुँदा कास्की १ हजार ४०८ जना सङ्क्रमित भएका छन् । काठमाडौँमा ७८५ जना सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ । उता सङ्खुवासभामा ५२८ जना सङ्क्रमण पुष्टि हुँदा कैलालीमा ४८१ जनामा सङ्क्रमण भएको छ । धनकुटामा सङ्क्रमितको सङ्ख्या ४४५ जना पुगेको छ ।

सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २३ हजार ७०५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ८५३ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ५ हजार ७५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार ७९, मधेस प्रदेशमा ५८५, लुम्बिनी प्रदेशमा ६४५ र कर्णाली प्रदेशमा १२३ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660