विशेष

टीकापुरमा स्वास्थ्यकर्मीहरुको प्रदर्शन

post-img

टीकापुर, १३ असोज । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने गरेको आक्रमणको विरोधमा टीकापुरका स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका छन् । ‘चिकित्सक तथा स्वास्थ्यकर्मी माथिको हिंसा बन्द गर, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्न देऊ’ भन्ने नाराका लगाउदै चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।
टीकापुर अस्पताल, साथी अस्पताल लगायतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले टीकापुर बजारमा ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

ब्यानर, प्लेकार्ड सहित बजार परिक्रमा गरेपछि कोणसभामा परिणत भएको थियो । सो कोणसभालाई सम्बोधन गर्दै टीकापुर अस्पतालका डाक्टर डबल बुढाले विभिन्न अस्पतालहरुमा स्वास्थ्यकर्मी र चिकित्सकमाथि भइरहेका घटनाको विरोधमा आन्दोलनमा उत्रिएको बताए ।

टीकापुर अस्पतालका स्वास्थ्यकर्मी विगत पाँच दिनदेखि आन्दोलित बनेका छन् । उनीहरुले शुक्रबारदेखि अस्पतालको इमरजेन्सी बाहेकका सबै काम ठप्प पारी आन्दोलनमा उत्रिएका छन् ।

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660