समाचार

स्मरण शक्ति विकास गर्ने खानेकुराहरू

post-img

२७ माघ । मस्तिष्कको विकासको लागि अन्य कुरा सँगसँगै खानेकुराको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । जसको नियमित सेवनले स्मरण शक्तिको विकास गर्न सकिन्छ । आज हामी स्मरणशक्ति वृद्धि गर्ने केही खानेकुराबारे चर्चा गर्दैछौं ।

गोलभेडामा हुने लाइकोपिन तत्वले शरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ । त्यसका साथै गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छन् ।

दिनहुँ ओखर सेवन गर्नाले स्मरण शक्तिको वृद्धिका लागि निकै सहयोग पुग्छ । यसमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छन् ।

दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पु¥याउँछ ।

तुलसीको पात दिनको २र३ वटाका दरले खाँदा निकै लाभदायक हुन्छ । यसले छिटो भुल्ने समस्या भएका मानिसलाई समेत फाइदा गर्छ ।
स्ट्रबरीको नियमित सेवनले मस्तिष्कका कोषको क्षयीकरण हुनबाट बचाउँछ ।

जाइफलको नियमित सेवनले मस्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन मद्दत प¥याउँछ ।
एजेन्सी

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660