समाचार

खाली पेटमा चिया पिउनुका यस्ता छन् वेफाइदाहरु

post-img

एजेन्सी । तातो चिया पिउने धेरैको बानी हुन्छ । तुलसी, अदुवा, ल्वाङ, अलैची तथा दालचिनी जस्ता कुराहरुको चियामा प्रयोग गरेर चिया पिउनाले शरिरलाई लाभ समेत हुनेगर्छ । तर, यदी खाली पेटमा चिया पिउनु बानी छ भने सजग हुनुपर्नेछ ।
खाली पेटमा चिया पिउँदा हुने वेफाइदाहरुबारे यहाँ चर्चा गरिएको छ ।

एसिडिटी : खाली पेटमा चिया पिउनुको सबैभन्दा ठूलो बेफाइदा हो एसिडिटी । यसले पाचन प्रणालीमा उत्पन्न हुने रसलाई समेत प्रभाव पार्ने काम गर्छ ।
पाचन प्रणाली कमजोर : लामो समय खाली पेटमा तातो चिया पिउनाले पाचन प्रणाली कमजोर बनाउछ । एक दुई दिन पिउनुले भने यो समस्या आउँदैन ।
भोक हराउँछ : खाली पेटमा चिया पिउनाले भोकलाई प्रभावित पार्न सक्छ । यसले गर्दा तपाईको पोषणमा असर पुग्न सक्छ ।
पेटमा समस्या :  खाली पेटमा चिया सेवनले पेटमा सिधै असर पार्दछ । पेटमा जलन, उल्टी हुने समस्या, शरिर भारी हुनेजस्ता समस्या देखिन सक्छ । त्यसैले चिया पिउनुअघि केही खानेकुरा खान जरुरी हुन्छ । अझै चिया निकै उमालेर मात्रै पिउने वानी हुन्छ । त्यस्तो चिया स्वास्थ्यलाई अझ घातक हुन्छ । त्यसरी उम्लिएको चियामा कफिनको मात्रा उच्च हुन्छ । यसले खाली पेटमा सीधा प्रभाव राख्छ ।

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660