मुख्य पोस्ट

चिकित्सकहरुको हड्तालका कारण देशभरका स्वास्थ्य–संस्था ठप्प

post-img

उपचार पाउनबाट विरामीहरु बञ्चित
भदौ ३१, काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुको हड्तालका कारण देशभरका स्वास्थ्य संस्थाहरु ठप्प भएका छन् । चिकित्सकहरुको आन्दोलनका कारण स्वास्थ्य संस्थाहरु ठप्प पारेसँगै इमर्जेन्सीबाहेकका विरामीहरुले स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् ।

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थामा नयाँ बिरामी नजाँच्ने निर्णय गरेर डाक्टरहरु आन्दोलित भएका हुन् ।

डाक्टरहरुको आन्दोलनका कारण नेपालको सबैभन्दा पूरानो र ठूलो बीर अस्पतालको ओपीडी टिकट काउन्टर बन्द छ । वीर अस्पताल मात्रै होइन देशभरका सबैजसो सरकारी अस्पतालका ओपीडी सेवा आज बन्द रहेका छन् । ओपीडी सेवा बन्द भएकै कारण ओपीडीमार्फत चेकजाँच गर्न आउने नयाँ विरामी र फलोअपका लागि आउने पूराना सबै विरामीहरु उपचार पाउनबाट बञ्चित रहेका छन् । यता डाक्टरहरु भने हातमा कालोपट्टी बाँधेर अस्पताल परिसरमै प्रदर्शन गरिरहेका छन् ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660