मुख्य पोस्ट

स्वास्थ्यकर्मी कुट्नेमाथि कारवाही हुन्छ : गृह मन्त्रालय

post-img

असोज ११, काठमाडौं । केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्की लगायत विभिन्न जिल्लाहरुमा स्वास्थ्यकर्मीमाथि हातपात हुने गरेको छ । दोषी उपचार कारवाहीको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलित समेत बन्दै आएका छन् ।

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी हुने गरेका यस्ता अप्रिय घटनाप्रति गृहमन्त्रालय गम्भिर रहेको जनाएको छ । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न दोषीलाई प्रशासनिक एवं कानूनी कारबाही गर्ने समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत मंगलबार बसेको उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो । सो निर्णय कार्यानवयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिसकिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिएका छन् ।

कास्कीमा घटेको यस्तै घटनामा संलग्न दोषी देखिएका सुरक्षाकर्मीमध्ये एक जनालाई सरुवा र अर्का एकलाई निलम्बन समेत गरिएको शर्माले जानकारी दिए । आन्दोलनरत स्वास्थ्यकर्मीहरुलाई सबै प्रकारका विरोधका कार्यक्रम अन्त्य गरी आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्दै आ–आफ्नो कार्यक्षेत्रमा फर्किन गृह मन्त्रालयले आह्वान समेत गरेको छ । साथै, सबै नागरिकलाई पनि स्वास्थ्यकर्मीमाथि आक्रमण गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने कुराको जानकारी गराउँदै स्वास्थ्य क्षेत्रलाई सुरक्षित बनाउन सबैले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न मन्त्रालयले अनुरोध गरेको छ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660