मुख्य पोस्ट

डेंगु सङ्क्रमितको सङ्ख्या ४६ हजार बढी, २० जनाको मृत्यु

post-img

काठमाडौं, २१ कात्तिक । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । हालसम्म सङ्क्रमितको सङ्ख्या ४६ हजार नाघेको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । नेपालका ७७ जिल्लामा हालसम्म ४६ हजार ३१९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । हालसम्म डेंगु संक्रमणबाट २० जनाको ज्यान गइसकेको ईडीसीडीले जनाएको हो ।

सबैभन्दा बढी सङ्क्रमित सुनसरीमा १६ हजार १६० जनामा पुष्टि भएको छ भने त्यसपछि क्रमशः तनहुँमा ६ हजार ८११ जनामा, झापामा ३ हजार ७४१ जनामा, धादिङमा ३ हजार २३२ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । त्यस्तै कास्कीमा २ हजार ७०५ जना, मोरङ २ हजार ३०५ जना, काठमाडौँमा १ हजार ५६९ जना, संखुवासभामा ७२४, गोरखामा ७०३ जना र कैलालीमा ६९० जनामा संक्रमण पुष्टि भएको छ ।

सात प्रदेशमध्ये सबैभन्दा बढी सङ्क्रमित कोसी प्रदेशमा २४ हजार ७८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै गण्डकी प्रदेशमा ११ हजार ६२९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने बागमतीमा ६ हजार ४८९ जनामा, सुदूरपश्चिम प्रदेशमा १ हजार ४६६, लुम्बिनी प्रदेशमा १ हजार ८, मधेस प्रदेशमा ६९७, कर्णाली प्रदेशमा १९७ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660