मुख्य पोस्ट

सहकारी ठगी आरोपी दीपेशसहित ६ जना रिहा

post-img

काठमाडौं । सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित ६ जना रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले पुनसहित अन्य छ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश डा. श्रीप्रसाद उप्रेतीको इजलासले सहकारी आरोपीहरु ६ जनालाई रिहा गर्न आदेश दिएको हो । त्यस्तै अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेशमा भनिएको छ ।

दीपेशसँग चार लाख, नविन अछामीसँग १० लाख, लिला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग चार लाख ४५ हजार, निता थापा मगरसँग दुई लाख र रोशनी गुरुङसँग दुई लाख धरौटीको माग गरिएको अदालतले जनाएको छ । सुप्रिम सहकारी ठगीमा जोडिएका पुन थिए ।

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660