मुख्य पोस्ट

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस

post-img

सुर्खेत, २२ फागुन । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी रहेका तीन मन्त्रीले राजीनामा दिएका हुन् ।

अर्थमन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएका छन् ।

८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट मन्त्री बनेका सबै तीन जना मन्त्रीले राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी गराएका हुन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।

 

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660