मुख्य पोस्ट

म नमर्दासम्म नेपालमा राजनीतिक उथलपुथल भइने रहन्छ : प्रधानमन्त्री प्रचण्ड

post-img

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरिएको राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको बताएका छन् । उनले पटक–पटक निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै रहेको भन्दै आफू नमर्दासम्म नेपालमा राजनीतिक उथलपुथल भइनै रहने बताए ।

सत्ता समीकरण बदलिएसँगै राष्ट्रिय सभा गृहमा आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले माओवादी जमेर बस्ने पोखरी नभई गडगडाउँदो नदी भएको बताए । उनले भने, ‘माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका दृष्टिकोणले जमेर बस्ने पोखरी जस्तो होइन, गडगडाएर बग्ने नदी जस्तो हो। माओवादी निरन्तरतामा रमाएर बस्ने होइन, निरन्तरतामा क्रमभंगता गर्दै रमाउने जात हो ।’

दाहालले आजको दिनलाई नयाँ उथलपुथल भएको दिनको संज्ञा दिँदै आफू रहुन्जेलसम्म नेपालमा राजनीतिक उथलपुथल भई नै रहने पनि पनि बताए । ‘विप्लव उठ्नेबित्तिकै तपाईंहरूमा एउटा तरंग पैदा हुन्छ । म त म भई नै हालेँ । म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ । मलाई घेरा हालेर सिध्याउन धेरैचोटी कोसिसहरू भए प्रतिक्रियावादीबाट । घेरा तोड्दै आएका छौं तोड्दै जान्छौं । साथीहरूलाई म भन्छु ठूला कुरा गर्नु भन्दा हामी क्रान्तिकारीहरू एकठाउँमा उभिऔं ।’ उनले भने ।

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660