मुख्य पोस्ट

तीन मन्त्रीको शपथ आज साँझ ५ बजे

post-img

काठमाडौं, २१ फागुन । सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीले आज साँझ ५ बजे शपथ लिँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ जना विना विभागीय मन्त्री बनाउने भएपछि आज साँझ उनीहरुले पद तथा गोपनीयताको शपद लिन लागेका हुन् । राष्ट्रपति कार्यालयमा शपथको तयारी भइरहेको छ ।

विनाविभागीय ती मन्त्रीहरुमा माओवादी केन्द्रका तर्फबाट नुवाकोट–१ का सांसद हितबहादुर तामाङ, नेकपा एमाले एमालेबाट पर्वतका सांसद पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापतिसमेत डीपी अर्यालले मन्त्रीको शपथ लिने भएका हुन् ।

गिरी यसअघि स्वास्थ्यमन्त्री, तामाङ युवा तथा खेलकुदमन्त्री र अर्याल श्रममन्त्री थिए ।

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660