अर्थ विजनेस

काठमाडौंमा तीन हजार लघुवित्त पीडितहरूको र्‍याली

post-img

काठमाडौं, ६ फागुन । देशभरबाट झण्डै तीन हजार लघुवित्त तथा वित्तीय पीडितहरू राजधानी आएका छन् । उनीहरुले राजधानीमा ¥याली समेत निकालेका छन् ।

सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले दिएको जानकारी अनुसार देशभरबाट लघुवित्त पीडितहरु काठमाडौं आएका हुन् । उनीहरूले भोलिदेखि नियमित रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने जनाएका छन् ।

मुग्लिनबाट हिँडेका झण्डै एक हजार लघुवित्त पीडितहरु पनि काठमाडौ आइपुगेका हुन् । उनीहरुले ६ दिन लगाएर हिँडेर नै हिजो साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आएर बास बसेका थिए । आज थानकोटबाट र्‍यालीसहित कलङ्की हुँदै तीनकुने गएर बस्ने र सोमबारदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने तयारीमा रहेको उनीहरुले बताए ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660