खेलकुद

कोहलपुर गोल्डकपको अनुगमन

post-img

बाँके, १४ कात्तिक । कोहलपुर नगरपालिका २ स्थित तेह्र विगाह मैदानमा सञ्चालन हुन लागेको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी पोख्रेल र नेपाल प्रहरी बाँकेका प्रमुख सुवास चन्द्र बोहराले बालबालिका, अपाङ्ग, महिला, बृद्धबृद्धा तथा अशक्त व्यक्तिहरुको सुरक्षा र प्याराफिटमा बसाई व्यवस्थापन प्रभावकारी रुपमा मिलाउन अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा ‘खेलप्रेमीहरुलाई सुरक्षाको व्यवस्थापन मजबुद हुनुपर्ने र त्यसको लागि जिल्ला प्रशासन कार्यालयबाट पूर्ण रुपमा सहयोग हुने प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए ।

त्यस्तै कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले पहिलो पटक गोल्ड कप हुँदा खेलप्रेमीहरुको बसाई व्यवस्थापन मिलाउन समस्या भएको स्मरण गर्दै यो पटक भने व्यवस्थापनलाई प्रभावकारी बनाउन लागिपरेको बताए ।

अनुगमनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एलवी क्षेत्री, खेल संयोजक राम बहादुर मल्ल, कोच जनक केसी, कोहलपुर वडा नं. २ का वडा अध्यक्ष हरी कठायत लगायत क्लबका पदाअधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफ.सि.सहित नेपालका ए डिभिजनका ७ क्लबहरु सहभागिता रहने छन् । जसमा चर्च व्वाईज यूनाईटेड काठमाण्डौं, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदुरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, एभिनियर एफ.सि. क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागि हुनेछन् ।

प्रतियोगितामा प्रथम हुनेले ८ लाख रुपैयाँ र ट्रफी तथा दोस्रोले ४ लाख सहित ट्रफि प्राप्त गर्नेछन्र ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660