मुख्य पोस्ट

डेढ किलो सुन र नगद सहित सात जना पक्राउ

post-img

काठमाडौं, १४ वैशाख । अवैध सुन कारोवार गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डेढ किलो सुन र एक करोड नगद रुपैयाँ सहित सात जनालाई पक्राउ गरेको हो । उनीहरूलाइ काठमाडौंको इन्द्रचोकबाट बिहीबार साँझ पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको थियो ।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–३, टाँटेका ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापाको बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारतको महाराष्ट्रका अमोल बिभुते, ऋषिकेशप्रकाश बिभुते र गणेशसतिश बाल्टे रहेका छन् ।
उनीहरुको साथबाट एक किलोग्राम ७६८ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

सुनको अवैध कारोबार गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660