खेलकुद

महिला भलिबलमा नेपाल भारतसँग पराजित

post-img

हान्झाउ, १७ असोज । १९ औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ । चीनको हाङजाओमा बुधबार बिहान नवौं स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित बनेको हो ।

नेपाल भारतसँग ३–१ सेटले पराजित भएको हो । नेपालले सुरुदेखि नै भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि आफ्नै ग्लट्टी र निर्णायक क्षणमा चुक्दा पराजित भएको हो ।

पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो खेल २६–२८ ले आफ्ना पक्षमा पार्न सफल भयो । त्यस्तै खेलको तेस्रो सेट २५–२३ ले गुमाएको नेपालले चौथो भारतलाई सुम्पियो । चौथो तथा अन्तिम सेट भारतले २५–१७ ले आफ्ना पक्षमा पार्‍यो ।

नेपाल अब हङकङ, मंगोलिया र अफगानिस्तान सम्मिलित प्लेअफ समूहको विजेतासँग ११औं स्थानका लागि खेल्नेछ।

एसियाडमा महिला भलिबलमा १३ टोली सहभागी भएकोमा नेपाल समूहको दुवै खेलमा भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660