Uncategorized

प्रतिनिधिसभा सदस्यमा माओवादीबाट रानाको दाबी

post-img

भदाैं १६, मन्थली  । आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेदवार छनौट प्रक्रिया सुरु गरेसँगै रामेछापमा पनि विभिन्न राजनीतिक दलबाट उम्मेदवार हुन चाहनेहरु यतिबेला पार्टीपंक्तिभित्र टिकटको दावी गर्न थालेका छन् । २०४८ सालदेखि नै माओवादीको पकड क्षेत्रका रुपमा रहेको रामेछापमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न माओवादीमा विभिन्न नेताहरुले दावी प्रस्तुत गर्दै आइरहेका छन् ।

मुलुक संघीयतामा गएसँगै एउटा मात्रै संघीय संसदको सिट रहेको रामेछापमा माओवादीका तर्फबाट टिकटको दावी गर्नेहरुमा वर्तमान प्रतिनिधिसभा सदस्य श्यामनारायण श्रेष्ठ, माओवादीका पोलिटव्युरो सदस्य युवराज चौलागाई र माओवादी नेता विक्रम रानाले दावी प्रस्तुत गरेका छन् । श्रेष्ठ २०७० र २०७४ सालमा माओवादीबाट टिकट लिएर विजयी भइसक्नु भएको छ भने यसपटक नयाँ अनुहार आउनुपर्ने माओवादीका अधिकांश नेता कार्यकर्ता समेत सहमत रहेका छन् ।

टिकट वितरणबारे बहस र छलफल चल्दै गर्दा माओवादी नेता विक्रम रानाले आफूले टिकट पाउनुपर्ने दावी प्रस्तुत गर्नुभएको छ । रानाले आफूले प्रतिनिधिसभाको टिकट पाए माओवादीको जित सुनिश्चित रहेको र जिल्लाभित्र माओवादीका नेता कार्यकर्ताहरु मात्रै नभएर अन्य राजनीतिक दलमा आवद्ध व्यक्तित्वहरु र सामाजिक अभियानमा सक्रिय अभियन्ताहरुसमेत आफ्नो पक्षमा रहेकाले माओवादीको जित निश्चित रहेको दावी समेत गर्नुभएको छ ।

चुनावको मिति नजिकिँदै गर्दा, कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले पनि उम्मेदवार छनौट गर्न विभिन्न मापदण्ड तय गरी छलफललाई तीव्रता दिंदै आएका छन् । अहिलेसम्म नेकपा एकीकृत समाजवादीले संघीय संसदको उम्मेदवारका निम्ति केन्द्रमा सिफारिस गरिसकेको छ भने कांग्रेस र एमाले र माओवादीले पनि उम्मेदवार सिफारिस गर्ने तयारीका गरिरहेका छन् ।

खासगरी नेपाली कांग्रेस, माओवादी केन्द्र र अन्य केही साना दलहरु केन्द्रीय स्तरमै गठबन्धन गर्ने पक्षमा रहेका कारण एउटै मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा माओवादी वा कांग्रेस कसले भाग पाउने हो त्यो विषयको टुंगो लाग्न पनि केही समय पर्खनु पर्नेछ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660