Uncategorized

चिसो मैदानले नेपाल र जिम्बावे ए बीचको अन्तिम खेलमा ढिलाइ

post-img

बैशाख २६, काठमाडौं । नेपाल र जिम्बावे ए बीचको अन्तिम एकदिवसीय खेलको टस चिसो आउटफिल्डका कारण समयमै हुन सकेको छैन ।
त्रि.वि क्रिकेट मैदानमा सोमबार ९ः३० बजे बाट सुरू उक्त खेल आइतबार परेको पानीले मैदान ओसिलो भएपछि निर्धारित समयमा हुन सकेन ।
११ बजे अम्पायरले मैदान निरीक्षणपछि टस अझै हुन नसक्ने जानकारी दिएका छन् भने अर्को निरीक्षण ११ः४५ बजे हुनेछ ।
जिम्बावे ए सँगको तीन खेलको एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल ३ विकेटले हारेको थियो भने दोस्रो खेल ९ विकेटले सहज जितेको थियो ।
आजको खेल रद्द भए नेपाल र जिम्बावे ए बीचको सिरिज बराबरी हुनेछ । यसअघि नेपालले जिम्बावे ए सँगै घरेलु मैदानमा खेलेको टी २० सिरिज पनि बराबरीमा सकिएको थियो ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660